सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

बुक बिल्डिङमार्फत सेयर निष्कासन गर्न नेप्से र ५ वटा कम्पनीबीच सम्झौता

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख ३ २०८३
बुक बिल्डिङमार्फत सेयर निष्कासन गर्न नेप्से र ५ वटा कम्पनीबीच  सम्झौता

बुक बिल्डिङ निर्देशिका २०७७ को व्यवस्था बमोजिम  कम्पनीहरूले योग्य संस्थागत लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको बोलपत्र प्रक्रिया अगाडि बढाउन नेप्सेसँग यो समझदारी गरेका हुन्।

काठमाडाैं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले विभिन्न पाँचवटा कम्पनीहरूसँग बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासन गर्ने प्रयोजनका लागि सिलबन्दी बोलपत्र सम्बन्धी कार्य सन्चालन गर्ने सम्झौता गरेको छ। 

बुक बिल्डिङ निर्देशिका २०७७ को व्यवस्था बमोजिम  कम्पनीहरूले योग्य संस्थागत लगानीकर्ताहरूका लागि छुट्याइएको सेयरको बोलपत्र प्रक्रिया अगाडि बढाउन नेप्सेसँग यो समझदारी गरेका हुन्।

सम्झौता गर्ने कम्पनीहरूमा नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज, जगदम्बा स्पिनिङ मिल्स, टाइम फर्मास्युटिकल्स, लक्ष्मी स्टील्स र पूर्वाञ्चल ल्युब आयल लिमिटेड रहेका छन्। यी कम्पनी मध्ये नर्भिक हस्पिटल र जगदम्बा स्पिनिङ मिल्सले २०८२ साल चैत २२ गते नेप्सेसँग सम्झौता गरेका थिए।  टाइम फर्मास्युटिकल्सले चैत २४ गते सम्झौता गरेको थियो।

त्यसैगरी, लक्ष्मी स्टील्स र पूर्वाञ्चल ल्युब आयलले २०८३ साल वैशाख ३ गते नेप्सेसँग सम्झौता प्रक्रिया टुङ्ग्याएका हुन्। सम्झौता अनुसार जगदम्बा स्पिनिङ मिल्स र लक्ष्मी स्टील्सले संस्थागत लगानीकर्ताका लागि समान १८ लाख कित्ता सेयर छुट्याएका छन्। 

त्यस्तै, नर्भिक हस्पिटलले ८ लाख १६ हजार ४८० कित्ता, पूर्वाञ्चल ल्युब आयलले ६ लाख कित्ता र टाइम फर्मास्युटिकल्सले ४ लाख ३४ हजार ६०० कित्ता सेयर संस्थागत लगानीकर्ताका लागि बोलकबोल प्रक्रियामा लैजाने भएका छन्। यो सम्झौतासँगै यी कम्पनीहरूलाई बुक बिल्डिङ विधिबाट पुँजी बजारमा प्रवेश गर्ने बाटो खुल्ला भएको छ।

book building.jpg


प्रकाशित : बिहीबार , वैशाख ३ २०८३१८:४४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend