सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेप्से परिसूचक घट्यो, ९ अर्ब ३१ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख ३ २०८३
नेप्से परिसूचक घट्यो, ९ अर्ब ३१ करोड रुपैयाँको कारोबार

आजको कारोबारमा ३ सय ४२ कम्पनीको २ करोड ७ लाख ४३ हजार ८ सय ८४ कित्ता सेयर १ लाख ११ हजार ६ सय ७ पटक किनबेच हुँदा ९ अर्ब ३१ करोड २८ लाख ६० हजार ८ सय ८ रुपैयाँको कारोबार भएको छ।

काठमाडौं- नेप्स परिसूचक ३३.८३ अंकले घटेर २८३३.०३ बिन्दुमा पुगेको छ। 

आज सेन्सेटिभ इण्डेक्स ०.९१ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स १.१७ प्रतिशत फ्लोट इण्डेक्स ०.९६ प्रतिशतल घटेको छ। 

आजको कारोबारमा ३ सय ४२ कम्पनीको २ करोड ७ लाख ४३ हजार ८ सय ८४ कित्ता सेयर १ लाख ११ हजार ६ सय ७ पटक किनबेच हुँदा ९ अर्ब ३१ करोड २८ लाख ६० हजार ८ सय ८ रुपैयाँको कारोबार भएको छ।

आजको कारोबारमा रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट, इण्डष्ट्रीज, शिखर पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ मिल्सको कम्पनीको ६१ करोड ८० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक घटेको छ। वित्त उपसमूहको परिसूचक १.९८ प्रतिशत घटेको छ। 

बैंकिङ ०.८०, विकास बैंक १.१५, होटल तथा पर्यटन ०.५०, हाइड्रोपावर १.५१, लगानी १.२७, जीवन बीमा ०.९०, उत्पादन तथा प्रशोधन १.५४, माइक्रोफाइनान्स ०.७१, निर्जीवन बीमा १.२८, अन्य १.९० तथा व्यापार १.०१ प्रतिशत घटेकाे छ।


प्रकाशित : बिहीबार , वैशाख ३ २०८३१५:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend