सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

एनआईसी एशिया लघुवित्तकाे नाफा बढ्याे, प्रतिसेयर नेटवर्थ १ सय २७ रुपैयाँ

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख ३ २०८३
एनआईसी एशिया लघुवित्तकाे नाफा बढ्याे, प्रतिसेयर नेटवर्थ १ सय २७ रुपैयाँ

समीक्षा अवधिमा लघुवित्तले १० करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८१३६.९८ प्रतिशतको वृद्धि हो।

काठमाडाैं- एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड  ले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार संस्थाको खुद नाफामा वृद्धि देखिएको छ। 

समीक्षा अवधिमा लघुवित्तले १० करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ८१३६.९८ प्रतिशतको वृद्धि हो।

गत वर्ष यसै अवधिमा संस्थाको नाफा मात्र १२ लाख ९८ हजार रुपैयाँ सीमित थियो। खुद ब्याज आम्दानी ७२.२१ प्रतिशत र सन्चालन मुनाफा ८३५६.०३ प्रतिशतले बढ्दा खुद नाफामा यस्तो उत्साहजनक सुधार देखिएको हो।

नाफामा ठूलो उछाल आए पनि लगानीकर्ताका लागि लाभांशको खबर भने सुखद देखिएको छैन। संस्थाको वितरणयोग्य मुनाफा ३२ करोड ३७ लाख रुपैयाँले ऋणात्मक रहेका कारण यस वर्ष पनि सेयरधनीहरूलाई लाभांश वितरण गर्ने सम्भावना निकै कम छ। 

विवरण अनुसार प्रतिसेयर वितरणयोग्य आम्दानी पनि २४ रुपैयाँ ८१ पैसा ऋणात्मक रहेको छ। जसले गर्दा अघिल्लो वर्ष जस्तै यस वर्ष पनि लाभांशको झोला खाली हुने संकेत गर्दछ।

वित्तीय सूचकहरूलाई हेर्दा संस्थाको प्रतिसेयर आम्दानी ८ रुपैयाँ २० पैसा पुगेको छ भने प्रतिसेयर नेटवर्थ १२७ रुपैयाँ ३५ पैसा रहेको छ। १ अर्ब ७३ करोड ९४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको निक्षेप र कर्जा लगानीमा समेत सामान्य वृद्धि भएको छ।

यद्यपि, संस्थाको मुख्य चुनौती भने खराब कर्जा बनेको छ। समीक्षा अवधिमा खराब कर्जा ३.०४ प्रतिशत विन्दुले बढेर १६.५९ प्रतिशत पुगेको छ, जसले संस्थाको कर्जा असुली प्रक्रियामा रहेको जटिलतालाई दर्शाउँछ।


प्रकाशित : बिहीबार , वैशाख ३ २०८३१०:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend