सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेप्से परिसूचक ३३ अंकले बढ्यो, १० अर्ब ५३ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २ २०८३
नेप्से परिसूचक ३३ अंकले बढ्यो, १० अर्ब ५३ करोड रुपैयाँको कारोबार

आज सेन्सेटिभ इण्डेक्स १.०९ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स १.११ प्रतिशत फ्लोट इण्डेक्स १.६५ प्रतिशतल बढेको छ।

काठमाडौं- नयाँ वर्ष २०८३ को पहिलो कारोबार दिन आज नेप्स परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ बिन्दुमा पुगेको छ। 

आज सेन्सेटिभ इण्डेक्स १.०९ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स १.११ प्रतिशत फ्लोट इण्डेक्स १.६५ प्रतिशतल बढेको छ। 

आजको कारोबारमा ३ सय ४४ कम्पनीको २ करोड ६४ लाख ३८ हजार ५ सय २१ कित्ता सेयर १ लाख २३ हजार ३ सय ५९ पटक किनबेच हुँदा १० अर्ब ५३ करोड ७० लाख ८ हजार ७ सय ९६ रुपैयाँको कारोबार भएको छ।

आजको कारोबारमा रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो, होटल फरेष्ट इन, सिन्धु विकास बैंक, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, सुपर खुदी हाइड्रोपावर, इलेक्ट्रिक र शिखर पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिभम् सिमेन्ट कम्पनीको ५८ करोड ९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। 

१३ उपसमूहमध्ये सबै उपसमूहको परिसूचक बढेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक ३.१६ प्रतिशत बढेको छ। 

बैंकिङ १.३०, विकास बैंक १.५३, फाइनान्स १.२१, हाइड्रोपावर २.१४, लगानी ०.८९, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन ०.११, माइक्रोफाइनान्स ०.६४, निर्जीवन बीमा ०.३९, अन्य ०.१० तथा व्यापार २.३३ प्रतिशत बढेकाे छ।


प्रकाशित : बुधबार, वैशाख २ २०८३१५:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend