सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेपालले भारतबाट किन्न सकेन बिजुली, लोडसेडिङ हुने संकेत

बुधबार, चैत ९ २०७८
नेपालले भारतबाट किन्न सकेन बिजुली, लोडसेडिङ हुने संकेत

यस्तो अवस्थामा नेपालले बिड गरेको रकममा उर्जा उपलब्ध नभएको भट्टराईको भनाइ छ।

काठमाडौं- नेपालले भारतबाट बिजुली किन्न नसक्ने अवस्थामा पुगेको छ। 

नेपाललाई सप्लाइ गर्ने एजेन्सीहरूले ८ देखि १० भारुमा ‘बिड’ गरेकाले आयात रोकिएको विद्युत प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताए।

‘समस्या समाधान कहिलेसम्म हुन्छ भने टुंगो छैन, भारतमा सहज नभए नेपालमा पनि हुँदैन,’ भट्टराईले भने। 

भारतीय बजारमा उर्जाको मूल्य बढेको तर नेपालले बिड गरेको रकममा नपाइएको उनको भनाइ छ। नेपालले अधिकतम १० भारुसम्म बिड गरेको तर भारतीय बजारमा २० भारुमा मात्र पाइएको छ।

यस्तो अवस्थामा नेपालले बिड गरेको रकममा उर्जा उपलब्ध नभएको भट्टराईको भनाइ छ।

नेपालले आफ्नो बिड रकम बढाएर भारतीय बिजुली ल्याउनुपर्ने बाहेकको अर्को विकल्प छैन। बजारको रियलटाइम मूल्यमा ल्याउन नसक्ने हो भने नेपालमा बिजुली अभाव हुने प्राधिकरणका अधिकारीहरूले बताएका छन्। 

माग अनुसारको बिजुली आपूर्ति नहुनेवित्तिकै आज बिहानैदेखि नेपाली उद्योगमा बिजुली आपूर्ति पनि रोकिएको छ। लामो समय यस्तै रहेमा औद्योगिक उत्पादन पनि ठप्प हुने छ। 

उद्योगीहरुले पहिलेजस्तो डिजेलबाट उद्योग सञ्चालन गर्नसक्ने अवस्था नरहेको बताएका छन्। यस्तोमा बरु भारतीय बिजुली चल्तीकै दरमा भएपनि ल्याएर वितरण गर्नुपर्ने उनीहरूको भनाइ छ। 

 


प्रकाशित : बुधबार, चैत ९ २०७८०५:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend