सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेप्से परिसूचक सामान्य घट्यो, ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, चैत ३० २०८२
नेप्से परिसूचक सामान्य घट्यो, ४ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो

आजको कारोबारमा ३ सय ४२ कम्पनीको २ करोड १ लाख ६३ हजार ७ सय ९३ कित्ता सेयर १ लाख १ हजार १ सय ८० पटक किनबेच हुँदा ८ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६ सय ४१ रुपैयाँको कारोबार भएको छ।

काठमाडौं- साताको पहिलो कारोबार दिन आज नेप्स परिसूचक ४.१८ अंकले घटेर २८३३.६० बिन्दुमा पुगेको छ। 

आज सेन्सेटिभ इण्डेक्स ०.३१ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२० प्रतिशत फ्लोट इण्डेक्स ०.२५ प्रतिशतल बढेको छ। 

आजको कारोबारमा ३ सय ४२ कम्पनीको २ करोड १ लाख ६३ हजार ७ सय ९३ कित्ता सेयर १ लाख १ हजार १ सय ८० पटक किनबेच हुँदा ८ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६ सय ४१ रुपैयाँको कारोबार भएको छ।

अघिल्लो साता ६ दिनको कारोबारमा नेप्से परिसूचक ६९ अंकले बढेर बन्द भएको थियो।

आजको कारोबारमा सुपर खुदी हाइड्रोपावर, सूर्यकुण्ड हाइड्रो, होटल फरेष्ट इन, पाल्पा सिमेन्ट इण्डष्ट्रीज, रिज लाइन इनर्जी र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन नेशनल हाइड्रोपावर कम्पनीको ९३ करोड १९ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। 

१३ उपसमूहमध्ये ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै १.०२ प्रतिशत बढेको छ। 

त्यस्तै हाइड्रोपावर ०.६६, लगानी ०.१३, उत्पादन तथा प्रशोधन ०.४० र निर्जीवन बीमा ०.४६ प्रतिशत बढेकाे छ ।

बैंकिङ ०.४७, विकास बैंक ०.५५, फाइनान्स ०.२९, जीवन बीमा ०.४६, माइक्रोफाइनान्स ०.४२, अन्य १.६२ तथा व्यापार ०.२१ प्रतिशत घटेकाे छ ।

 


प्रकाशित : सोमबार, चैत ३० २०८२१५:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend