सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

भारतबाट बिजुली नआएपछि भैरहवा क्षेत्रका उद्योग मंगलबार रातिदेखि बन्द

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत ९ २०७८
भारतबाट  बिजुली नआएपछि भैरहवा क्षेत्रका उद्योग मंगलबार रातिदेखि बन्द

भैरहवा क्षेत्रमा सञ्चालन हुने प्राय सबै उद्योगमा  भारतबाट आएको बिजुली वितरण हुँदै आएको थियो। 

काठमाडौं- भारतबाट बिजुली आपूर्ति ठप्प भएसँगै भैरहवा क्षेत्रका उद्योग बन्द भएका छन्।

भैरहवा क्षेत्रमा सञ्चालन हुने प्राय सबै उद्योगमा भारतबाट आएको बिजुली वितरण हुँदै आएको थियो। मंगलबार रातिबाट भारतीय पक्षले बिजुली आपूर्ति रोकेपछि सबै उद्योग बन्द भएको एक व्यवसायीले बताए।

‘रातिदेखि भैरहवा क्षेत्रमा बिजुली आपूर्ति बन्द भएको छ,’ एक व्यवसायीले भने, ‘भारतबाट आयातित ६० देखि ७० मेगावाटको बिजुली भैरहवा क्षेत्रमा प्रयोग हुन्छ। भैरहवा क्षेत्रका सबै उद्योगलाई भारतबाट आयातित नै बिजुली दिँदै आएको छ। बिजुली आपूर्ति रोकिएसँगै सबै उद्योग बन्द भएका छन्'  एक व्यवयासीले भने। 

 


प्रकाशित : बुधबार, चैत ९ २०७८०५:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend