काठमाडौं- वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि लागु हुने नयाँ ब्याजदर सार्वजनिक गरेका छन्।
सार्वजनिक विवरण अनुसार अधिकांश बैंकहरूले ब्याजदर स्थिर राखेका छन् भने केहीले घटाएका छन्। स्ट्या
वैशाखका लागि १० वटा वाणिज्य बैंकले चैत महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। यसरी ब्याजदर स्थिर राख्ने बैंकहरूमा एनएमबि बैंकले ५ प्रतिशत, प्रभु बैंकले ४.५५ प्रतिशत, सानिमा बैंक, नेपाल बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल आइएमई बैंकले ४.५० प्रतिशत ब्याजदर कायम गरेका छन्।
त्यस्तै नेपाल एसबीआई बैंकले ४.२५ प्रतिशत तथा प्राइम कमर्सियल बैंक र कृषि विकास बैंकले ४.१५ प्रतिशत ब्याजदरलाई वैशाखमा पनि निरन्तरता दिएका छन्।
ब्याजदर घटाउने ७ वटा वाणिज्य बैंकहरूमा सिद्धार्थ बैंकले ब्याजदर घटाएर ४ प्रतिशत पुर्याएको छ। यो बैंकले चैतका ४.२५ प्रतिशत रहेको थियो। त्यसैगरि, राष्ट्रिय वाणिज्य बैंकले ४.७५ प्रतिशत, एनआईसी एसिया बैंकले ४.७५ प्रतिशत र हिमालयन बैंकले ४.५० प्रतिशत कायम गरेका छन्।
यस्तै एभरेष्ट बैंकले ४.०५ प्रतिशत, सिटिजन्स बैंकले ४.१५ प्रतिशत र कुमारी बैंकले ४.०५ प्रतिशत ब्याज दिने भएका छन्।
वाणिज्य बैंकहरूमध्ये स्ट्यान्डर्ड चार्टर्ड बैंकले वैशाखका लागि ४.१ प्रतिशत कायम गरेको छ।
वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर घटेर ४.४ प्रतिशतमा झरेको छ भने संस्थागत मुद्दति निक्षेपको औसत ब्याजदर ३.२२९५ प्रतिशत कायम भएको छ।
यस पटक व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदरमा ०.०९४ प्रतिशत विन्दुको गिरावट आएको छ।
त्यसैगरी, संस्थागत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर पनि ३.२९ प्रतिशतबाट घटेर ३.२२ प्रतिशत कायम भएको छ। कुल ७ वटा बैंकले ब्याजदर घटाएका कारण समग्र बैंकिङ प्रणालीको औसत निक्षेप दर ओरालो लागेको हो।
