काठमाडाैं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पाल्पा सिमेन्टको ३ करोड ७५ लाख कित्ता सेयर सूचीकृत भएको छ।
कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको ७५ लाख कित्ता र संस्थापक समूहको ३ करोड कित्ता गरी उक्त परिमाणको सेयर सूचीकरण गरेको हो।
नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रतिसेयर १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेन्ज तोकेको छ।
यो सेयर लगानीकर्ताहरूको डिम्याट खातामा जम्मा भएको छ। दोस्रो बजारमा आजदेखि औपचारिक रूपमा कारोबार सुरु हुनेछ।
