सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेप्से परिसूचक ४८ अंकले बढ्यो, ९ अर्ब ९१ करोड रुपैयाँको कारोबार

बिहीबार , चैत २६ २०८२
नेप्से परिसूचक ४८ अंकले बढ्यो, ९ अर्ब ९१ करोड रुपैयाँको कारोबार

आज सेन्सेटिभ इण्डेक्स ०.९७ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ प्रतिशत फ्लोट इण्डेक्स १.०३ प्रतिशतल बढेको छ।

काठमाडौं- साताको पाँचौ कारोबार दिन आज नेप्स परिसूचक ४८.७१ अंकले बढेर २८५१.२४ बिन्दुमा पुगेको छ। 

आज सेन्सेटिभ इण्डेक्स ०.९७ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स १.५७ प्रतिशत र फ्लोट इण्डेक्स १.०३ प्रतिशतल बढेको छ। 

आजको कारोबारमा ३ सय ३८ कम्पनीको २ करोड ७९ लाख ३१ हजार ७ सय ७० कित्ता सेयर १ लाख ८८ हजार ८ सय ६९ पटक किनबेच हुँदा ९ अर्ब ९१ करोड ९२ लाख १० हजार २ सय ६९ रुपैयाँको कारोबार भएको छ।

आइतबार १०५ अंकले घटेको सेयर बजार सोमबार ८३.३३ अंकले बढेको थियो भने मंगलबार २ अंकले घटेको थियो। हिजो अर्थात बुधबार ४५.१२ अंकले बढेर २८०२.५२ बिन्दुमा पुगेको थियाे। 

आजको कारोबारमा भुजुङ हाइड्रोपावर लिमिटेड, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था, रिज लाइन इनर्जी लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड, होटल फरेस्ट इन लिमिटेड,सुपर खुदी हाइड्रोपावर लिमिटेड र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।  

कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको ४३ करोड ४७ लाख ६६ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। 

१३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ३.४३ प्रतिशत बढेको छ।

त्यस्तै बैंकिङ समूह १.२४, विकास बैंक ०.७८, फाइनान्स १.४७, होटल तथा पर्यटन २.३९, हाइड्रोपावर २.७०, लगानी १.००, जीवन बीमा ०.९९, उत्पादन तथा प्रशोधन २.५८, माइक्रोफाइनान्स १.२०, निर्जीवन बीमा १.०० तथा व्यापार समूह ०.६२ प्रतिशत बढेको छ।

 


प्रकाशित : बिहीबार , चैत २६ २०८२१५:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend