सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेप्सेमा आत्मनिर्भर लघुवित्त र प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २६ २०८२
नेप्सेमा आत्मनिर्भर लघुवित्त र प्रभु इन्स्योरेन्सको सेयरमूल्य समायोजन

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र प्रभु इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो।

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज चैत २६ गते बिहीबार लघुवित्त र बीमा कम्पनीको सेयरमूल्य समायोजन भएको छ। 

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र प्रभु इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले बोनस सेयर पछिको मूल्य समायोजन गरेको हो।

नेप्सेले आत्मनिर्भर लघुवित्तको १४.२५ प्रतिशत बोनस सेयर समायोजन गरी नयाँ मूल्य ५ हजार ५७१ रुपैयाँ ४७ पैसा तोकेको छ। यसअघि बुधबार दोस्रो बजारमा यसको अन्तिम कारोबार प्रतिसेयर ६ हजार ३६५ रुपैयाँ ४० पैसामा भएको थियो। 

त्यस्तै, प्रभु इन्स्योरेन्सको ८.७ प्रतिशत बोनस सेयर समायोजनपश्चात नयाँ मूल्य ६८८ रुपैयाँ १३ पैसा कायम भएको छ।

बुधबार यसको अन्तिम कारोबार प्रतिसेयर ७४८ रुपैयाँमा भएको थियो। आज दोस्रो बजारमा यी दुवै कम्पनीको कारोबार यही समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ।

लाभांश पारित गर्न प्रभु इन्स्योरेन्सले आगामी २०८३ वैशाख ९ गते आफ्नो ३० औँ वार्षिक साधारण सभा बोलाएको छ। सभाले हाल कायम चुक्ता पुँजीको ८.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसैगरी, आत्मनिर्भर लघुवित्तले पनि १४.२५ प्रतिशत बोनस सेयर र ०.७५ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्न आगामी २०८३ वैशाख ७ गते दाङमा सातौँ वार्षिक साधारण सभा आह्वान गरेको छ। 

दुवै कम्पनीको साधारण सभाले लाभांशका अतिरिक्त लेखापरीक्षक नियुक्ति र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्तावहरू समेत अनुमोदन गर्नेछन्।


प्रकाशित : बिहीबार , चैत २६ २०८२१०:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend