काठमाडौं- युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आज चैत २६ गते देखि आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गरेको छ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत अर्थात् १०:१५ को अनुपातमा हकप्रद सेयर बिक्री गर्न लागेको हो।
यस प्रक्रिया अन्तर्गत इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यका कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर जारी गर्नेछ। जसको कुल मूल्य २३ करोड १० लाख रुपैयाँ रहेको छ।
हकप्रद सेयर निष्कासनका लागि कम्पनीले फागुन १७ गते बुकक्लोज गरिसकेकाले फागुन १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरुले मात्र यसमा आवेदन दिन पाउनेछन्। योग्य सेयरधनीहरुले २०८३ वैशाख १६ गतेसम्म आवेदन दिन सक्नेछन्।
इन्स्योरेन्सको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले रहेको छ।
लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय लक्ष्मी सनराइज बैंकका तोकिएका शाखाहरु वा सि-आस्वा प्रणालीमार्फत मेरो सेयर अनलाइन प्रयोग गरी सहजै आवेदन दिन सक्नेछन्।
इक्रा नेपालले यो निष्कासनलाई इक्राएनपी इस्यूअर रेटिङ ट्रिपल बी प्रदान गरेको छ। जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता मध्यम सुरक्षित रहेको संकेत गर्दछ।
हाल २ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको युनाइटेड अजोड इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन तथा बाँडफाँटपश्चात चुक्ता पुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ।
