सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

एपोलो हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला, ३० गतेसम्म आवेदन दिन सकिने

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २६ २०८२
एपोलो हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि खुला, ३० गतेसम्म आवेदन दिन सकिने

यसअघि ४ लाख ७० हजार कित्ता स्थानीयका लागि, ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, ३७ हजार कित्ता सामूहिक लगानी कोष र १८ हजार ८०० कित्ता कर्मचारीहरूका लागि बाँडफाँट भइसकेको छ।

काठमाडौं- एपोलो हाइड्रोपावर लिमिटेडले आज चैत २६ गते देखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ। 

यसअघि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बाँडफाँट गरिसकेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि प्रक्रिया अघि बढाएको हो।

कम्पनीले कुल जारी पुँजी ५७ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १४ लाख १० हजार कित्ता सेयरमध्ये बाँकी रहेको ७ लाख ८० हजार २०० कित्ता सेयर सर्वसाधारणका लागि छुट्ट्याएको छ। 

यसअघि ४ लाख ७० हजार कित्ता स्थानीयका लागि, ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३७ हजार कित्ता सामूहिक लगानी कोष र १८ हजार ८०० कित्ता कर्मचारीहरूका लागि बाँडफाँट भइसकेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ९४ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्य रहेको यस आईपीओमा छिटोमा चैत ३० गते र ढिलोमा २०८३ वैशाख १० गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ भने लगानीकर्ताले मेरो सेयर वा आस्बा सेवा प्राप्त बैंक तथा वित्तीय संस्थामार्फत आवेदन दिन सक्नेछन्।

केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस रेटिङ दिएको छ। जसले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको देखाउँछ। 

६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको यस कम्पनीको कुल लागत १ अर्ब ३७ करोड २० लाख रुपैयाँ रहेको छ। प्रतिमेगावाट लागत २२ करोड ८६ लाख ७३ हजार रुपैयाँ रहेको यस आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ७.७७ वर्ष अनुमान गरिएको छ।


प्रकाशित : बिहीबार , चैत २६ २०८२१०:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend