काठमाडौं- नेप्से परिसूचक आज साताको चौथो कारोबारमा ४५.१२ अंकले बढेर २८०२.५२ बिन्दुमा पुगेको छ।
आज सेन्सेटिभ इण्डेक्स १.२२ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स १.५३ प्रतिशत फ्लोट इण्डेक्स १.३० प्रतिशतल बढेको छ।
आजको कारोबारमा ३ सय ४६ कम्पनीको १ करोड ८८ लाख १६ हजार ८ सय १६ कित्ता सेयर ९८ हजार १ सय ६२ पटक किनबेच हुँदा ८ अर्ब ३१ करोड ८९ लाख ८ हजार ४ सय ४४ रुपैयाँको कारोबार भएको छ।
आइतबार १०५ अंकले घटेको बजार सोमबार ८३.३३ अंकले बढेको थियो भने हिजो मंगलबार २ अंकले घटेको थियो।
आजको कारोबारमा रिलायन्स स्पिनिङ मिल्स, श्रीनगर एग्रीटेक इण्डष्ट्रीज, सोलु हाइड्रोपावर, होटल फरेष्ट इन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै एसवाई प्यानल लेपालकोे ४६ करोड ८१ लाख ६१ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
१३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ३.८७ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन होटल तथा पर्यटन र जलविद्युत उपसमूहको परिसूचक साढे २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ, विकास बैंक, वित्त, लगानी, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।
