सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेप्सेको कारोबार तालिकामा परिवर्तन, सोमबारदेखि शुक्रबारसम्म सेयर बजार खुल्ने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २५ २०८२
नेप्सेको कारोबार तालिकामा परिवर्तन, सोमबारदेखि शुक्रबारसम्म सेयर बजार खुल्ने

मन्त्रिपरिषद्को गत चैत २२ गतेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने र कार्यालय समय परिमार्जन गर्ने निर्णय गरेसँगै नेप्सेले पनि कारोबार दिनमा हेरफेर गरेको हो।

काठमाडौ‌ं- नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सेयर कारोबारका लागि नयाँ कार्यतालिका निर्धारण गरेको छ। 

मन्त्रिपरिषद्को गत चैत २२ गतेको बैठकले सातामा दुई दिन सार्वजनिक बिदा दिने र कार्यालय समय परिमार्जन गर्ने निर्णय गरेसँगै नेप्सेले पनि कारोबार दिनमा हेरफेर गरेको हो। 

सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने तथा कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गर्ने व्यवस्था गरेपछि सोही अनुरूप नेप्से सन्चालक समितिको बैठकले पनि नयाँ तालिका कार्यान्वयनमा ल्याउने निर्णय गरेको छ। 

यसअघि आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार हुँदै आएकोमा अबदेखि आइतबार सार्वजनिक बिदाका कारण बजार बन्द रहनेछ भने सोमबारदेखि शुक्रबारसम्म साविककै समयमा कारोबार सन्चालन हुनेछ।

nepse33.jpg

प्रकाशित : बुधबार, चैत २५ २०८२१२:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend