सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

क्यासिनोको जुवामा जितेको ५ हजार डलरमाथिको रकम बैंक खातामा भुक्तानी गर्नुपर्ने

बुधबार, चैत २५ २०८२
क्यासिनोको जुवामा जितेको ५ हजार डलरमाथिको रकम बैंक खातामा भुक्तानी गर्नुपर्ने

नेपाल राष्ट्र बैंक ले क्यासिनोमा जुवा खेल्दा जितेको रकम भुक्तानीसम्बन्धी व्यवस्था कडाइ गरेको छ। विदेशी विनिमय व्यवस्थापनसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै केन्द्रीय बैंकले ५ हजार अमेरिकी डलरभन्दा बढी रकम नगद दिन नपाइने व्यवस्था लागू गरेको हो।

काठमाडौं- नेपाल राष्ट्र बैंक ले क्यासिनोमा जुवा खेल्दा जितेको रकम भुक्तानीसम्बन्धी व्यवस्था कडाइ गरेको छ। विदेशी विनिमय व्यवस्थापनसम्बन्धी एकीकृत निर्देशन संशोधन गर्दै केन्द्रीय बैंकले ५ हजार अमेरिकी डलरभन्दा बढी रकम नगद दिन नपाइने व्यवस्था लागू गरेको हो।

संशोधित व्यवस्थाअनुसार अब क्यासिनो खेलबाट ५ हजार अमेरिकी डलरभन्दा बढी जितेको रकम सम्बन्धित खेलाडीको बैंक खातामा मात्रै जम्मा गर्नुपर्नेछ। यसअघि भने ५ हजार डलरसम्म नगद भुक्तानी गर्न सकिने व्यवस्था थियो।

राष्ट्र बैंकले जारी गरेको परिपत्रमा ‘५ हजार अमेरिकी डलरभन्दा बढी रकम खेलाडीको बैंक खातामा जम्मा हुनेगरी भुक्तानी गर्नुपर्ने’ स्पष्ट उल्लेख गरिएको छ। साथै, खेलाडीले नेपाली रुपैयाँ जम्मा गरी खेलेको अवस्थामा जितेको रकम पनि अनिवार्य रूपमा नेपाली रुपैयाँमै भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ।

तर, विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को विनियम १७ अनुसार विदेशी मुद्रा सटही भएको प्रमाणका आधारमा नेपाली रुपैयाँ नगद जम्मा गरेको अवस्थामा भने ५ हजार अमेरिकी डलरसम्म नगद भुक्तानी गर्न सकिनेछ।

निर्देशनमा ५ हजार डलरभन्दा बढीको रकम भने बैंक खातामार्फत विदेशी मुद्रामा भुक्तानी गर्नुपर्ने उल्लेख छ। साथै, क्यासिनो खेलका लागि नेपाली रुपैयाँ स्वीकार गर्दा सम्बन्धित विनियमावलीको व्यवस्था अनिवार्य रूपमा पालना गर्नुपर्ने पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ।

 


प्रकाशित : बुधबार, चैत २५ २०८२०७:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend