सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

नेप्से परिसूचक सामान्य घट्यो, ६ अर्ब ७३ करोड रुपैयाँको कारोबार

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, चैत २४ २०८२
नेप्से परिसूचक सामान्य घट्यो, ६ अर्ब ७३ करोड रुपैयाँको कारोबार

आज सेन्सेटिभ इण्डेक्स ०.१६ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ प्रतिशतल, भने फ्लोट इण्डेक्स ०.२० प्रतिशतल घटेको छ।

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज साताको तेस्रो कारोबारमा २.६१ अंकले घटेर २७५७.४० बिन्दुमा पुगेको छ। 

आज सेन्सेटिभ इण्डेक्स ०.१६ प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१४ प्रतिशतल, भने फ्लोट इण्डेक्स ०.२० प्रतिशतल घटेको छ। 

आजको कारोबारमा ३ सय ४५ कम्पनीको १ करोड ४० लाख ६६ हजार १६ कित्ता सेयर ८१ हजार ५ सय ८२ पटक किनबेच हुँदा ६ अर्ब ७३ करोड ७१ लाख ४८ हजार १ सय ५० रुपैयाँको कारोबार भएको छ।

आइतबार १०५ अंकले घटेको बजार सोमबार ८३.३३ अंकले बढेर २ हजार ७६० दशमलव ०२ बिन्दुमा पुगेको थियो।

आजको कारोबारमा भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रोपावर, श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।  

कारोबार रकमका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप कम्पनीको २४ करोड २२ लाख ६१ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। रिलायन्स स्पिनिङ मिल्सको कारोबार रकम २४ करोड रुपैयाँ नाघेको छ भने आँखु खोला जलविद्युत कम्पनीको साढे २३ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। . होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.०८ प्रतिशत बढेको छ।  बैंकिङ, हाइड्रोपावर र अन्य उपसमूहको परिसूचक सामान्य बढेको हो। कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.८८ प्रतिशत घटेको छ।


प्रकाशित : मंगलबार, चैत २४ २०८२१५:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend