सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

८ महिनामा वाणिज्य बैंकहरूको नाफा ४३ अर्ब ८८ करोड, नबिल बैंकको सबैभन्दा धेरै

मंगलबार, चैत २४ २०८२
८ महिनामा वाणिज्य बैंकहरूको नाफा ४३ अर्ब ८८ करोड, नबिल बैंकको सबैभन्दा धेरै

काठमाडौं- चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूले कुल ४३ अर्ब ८८ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा केवल ०.८९ प्रतिशतले बढी हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणअनुसार गत वर्षको यही अवधिमा बैंकहरूले ४३ अर्ब ४९ करोड ६५ लाख रुपैयाँ नाफा कमाएका थिए। यो तथ्यांकले बैंकिङ क्षेत्रमा नाफा वृद्धिको गति अत्यन्तै सुस्त रहेको देखाउँछ।

उच्च ब्याजदर, कर्जा विस्तारमा मन्दी, बढ्दो निष्क्रिय कर्जा (एनपीएल) र सञ्चालन खर्चको दबाबले बैंकहरूको नाफा अपेक्षाअनुसार वृद्धि हुन नसकेको हो।

नाफा आर्जनमा नबिल बैंकले अग्रता कायम राखेको छ। बैंकले ६ अर्ब ७ करोड ४१ लाख रुपैयाँ खुद नाफा कमाउँदै पहिलो स्थानमा रहेको छ। गत वर्षको ४ अर्ब ७८ करोड नाफासँग तुलना गर्दा यस वर्ष २६.८७ प्रतिशतको उल्लेखनीय वृद्धि भएको हो।

ग्लोबल आइएमई बैंकले ४ अर्ब ६२ करोड २६ लाख रुपैयाँ नाफा कमाएको छ। तर उक्त बैंकको नाफा गत वर्षको तुलनामा २.२६ प्रतिशतले घटेको छ।

कुमारी बैंकको नाफा ९६ करोड ९१ लाखबाट बढेर ३ अर्ब ६३ करोड ८ लाख पुगेको छ। यो २७४.६६ प्रतिशतको वृद्धि हो। 

अन्य बैंकको नाफा स्थिति (साउन-फागुन ८ महिना)

वाणिज्य बैंक

 चालु वर्ष (करोड)

गत वर्ष (करोड)

परिवर्तन %

नबिल बैंक

६०७.४१

४७८.७७

२६.८७

ग्लोबल आइएमई बैंक

४६२.२६

४७२.९५

-२.२६

कुमारी बैंक

३६३.०८

९६.९१

२७४.६६

एभरेष्ट बैंक

२९०.७९

३००.८९

-३.३६

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक

२८८.०९

४०८.५७

-२९.४९

प्राइम कमर्शियल बैंक

२७४.५३

२५०.३१

९.६८

एनएमबी बैंक

२६४.६७

२७१.६७

-२.५८

राष्ट्रिय वाणिज्य बैंक

२३३.९१

१७२.४

३५.६८

सानिमा बैंक

२०७.३९

१६८.३२

२३.२१

सिद्धार्थ बैंक

२०४.८२

१२१.६९

६८.३१

स्ट्यान्डर्ड चार्टर्ड बैंक

१८०.८३

२१७.५३

-१६.८७

प्रभु बैंक

१७४.७

२११.५१

-१७.४०

माछापुच्छ्रे बैंक

१४८.४५

११६.२३

२७.७२

नेपाल एसबीआई बैंक

१३८.५

१२४.९

१०.८९

हिमालयन बैंक

१३२.२६

१६६.९८

-२०.७९

कृषि विकास बैंक

१२२.१८

७३.८

६५.५६

नेपाल बैंक

११८.६८

२९८.८

-६०.२८

सिटिजन्स बैंक इन्टरनेसनल

८०.०७

११६.१६

-३१.०७

लक्ष्मी सनराइज बैंक

६५.०५

१९९.२७

-६७.३६

एनआईसी एसिया बैंक

३०.८३

८२

-६२.४०

कुल

४३८८.५

४३४९.६६

०.८९


प्रकाशित : मंगलबार, चैत २४ २०८२११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend