सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

रिलायन्स निरन्तर सर्वाधिक वृद्धि हुने कम्पनीमा, लगानीकर्ता १ लाख ३७ हजार रुपैयाँ नाफामा

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत २२ २०८२
रिलायन्स निरन्तर सर्वाधिक वृद्धि हुने कम्पनीमा, लगानीकर्ता १ लाख ३७ हजार रुपैयाँ नाफामा

काठमाडौं- केही दिनयता ओरालो लागिरहँदा रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्यमा भने सकारात्मक उछाल आइरहेको छ। आज आइतबार पनि रिलायन्सको सेयर १० प्रतिशतले बढ्दै प्रतिकित्ता सेयर ३ हजार ५ सय ६६ रुपैयाँ पुगेको छ। 

बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गरेको उक्त कम्पनीको सेयर लगानीकर्ताले प्रतिकित्ता ८२०.८० रुपैयाँमा किनेका थिए। गत फागुन ४ देखि नेप्सेमा कारोबार सुरु भएको रिलायन्सले कारोबारको छोटो अवधिमै लगानीकर्तालाई साढे ४ गुणा बढी मुनाफा दिएको छ।

कम्पनीले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने गरी आईपीओ निष्कासन तथा बिक्री खुला गरेको थियो। सोअनुसार एकजना लगानीकर्ताले ४१ हजार ४० रुपैयाँ लगानी गर्नुपरेको थियो। आइतबार प्रति ५० कित्ताको मूल्य १ लाख ७८ हजार ३ सय रुपैयाँ पुग्दा लगानीकर्ताले १ लाख ३७ हजार २ सय ६० रुपैयाँ नाफा कमाएका हुन्।

रिलायन्सले जारी पुँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता सेयर निष्कासन गरेको छ।

रिलायन्स आइतबार पनि निरन्तर ‘टप गेनर’ को शीर्ष स्थानमा रह्यो। नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार रिलायन्ससहित अन्य ३ कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। शीर्ष ४ गेनरको सूचीमा रिलायन्स स्पिनिङ मिल्ससँगै भुजुङ हाइड्रोपावर, रिजलाइन इनर्जी र होटेल फोरेस्ट इन् रहेका छन्।

साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक भने १०५.५० अंक घटेर बन्द भएको छ। नेप्से परिसूचक ११५ कारोबार दिनपछि १०० अंकभन्दा बढीले घटेको हो।


प्रकाशित : आइतबार, चैत २२ २०८२१८:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend