काठमाडौं- गएको साताको पाँच कारोबारमा समग्रमा १६८ अंकले घटेको सेयर बजार यो साता पहिलो कारोबार नै व्यापक घटेको छ।साताको पहिलो कारोबारमा आज आइतबार नेप्से परिसूचक १०५.५० अंकले घटेर २६७६.६८ बिन्दुमा पुगेको छ।
आजको कारोबारमा ३ सय ४५ कम्पनीको ३ करोड १२ लाख ६ हजार १ सय ६२ कित्ता सेयर १ लाख ४१ हजार ३६ पटक किनबेच हुँदा १२ अर्ब ३८ करोड ९ लाख १४ हजार ५ सय ७० रुपैयाँको कारोबार भएको छ।
आज सेन्सेटिभ इण्डेक्स ३.३० प्रतिशत, सेन्सेटिभ फ्लोट इण्डेक्स ३.८८ प्रतिशतल, भने फ्लोट इण्डेक्स ३.५० घटेको छ।
रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
कारोबार रकमका सबैभन्दा धेरै हिमालयन रि इन्स्योरेन्स कम्पनीको ५८ करोड २८ लाख ४८ हजार रुपैयाँको कारोबार भएको छ।
१३ उपसमूहमध्ये यस दिन सबै उपसमूहको परिसूचक घटेका छ। आजको कारोबारमा सबैभन्दा धेरै अन्य क्षेत्र उपसमूहको परिसूचक ६.०९ प्रतिशतले घटेको छ।
१० प्रतिशत घटेका कम्पनीमा नारायणी डेभलपमेन्ट बैंक, हिमालयन रिइन्स्योरेन्स, भूगोल इनर्जी, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स, सप्तकोशी विकास बैंक, पियोर इनर्जी र सान्भी इनर्जी छन्। त्यस्तै नेपाल पुनर्बीमाको ९.६२ प्रतिशत मूल्य घटेकाे छ।
त्यस्तै, बैंकिङ ३.३२, विकास बैंक ४.३२, फाइनान्स ३.९४, होटल तथा पर्यटन ३.०४, हाइड्रोपावर ४.८४, लगानी ३.३२, जीवन बीमा ३.५९, उत्पादन तथा प्रशोधन १.३३, माइक्रोफाइनान्स ३.४३, निर्जीवन बीमा ३.८६ तथा व्यापार ३.५८ प्रतिशत घटेकाे छ।
