शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

रोयल ट्युलिप काठमाडौंमा खुल्यो ट्रान्क्युलिटी स्पाको शाखा

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत १८ २०८२
रोयल ट्युलिप काठमाडौंमा खुल्यो ट्रान्क्युलिटी स्पाको शाखा

काठमाडौं- नेपालमा वेलनेस तथा स्पा सेवाको बढ्दो मागलाई ध्यानमा राख्दै ट्रान्क्युलिटी स्पाले ग्वार्काेस्थित रोयल ट्युलिप काठमाडौंमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखामा आधुनिक पूर्वाधार, अनुभवी थेरापिस्ट तथा गुणस्तरीय सेवाको संयोजनमार्फत ग्राहकहरूलाई विश्वस्तरीय सेवा प्रदान गरिन्छ।

पूर्ण रूपमा सुविधा सम्पन्न यस शाखामा वेलनेसका सम्पूर्ण सुविधा जस्तै थर्मल हाइड्रोथेरापी, परम्परागत मसाज थेरापी, गुण्स्तरीय सैलुन, स्विमिङ, तथा जिम सेवा प्रदान गरिन्छ। ग्राहकहरूले ललितपुरमा पनि पूर्ण रूपमा सुविधासम्पन्न वेलनेस तथा हेल्थ क्लब शाखा थप्न आग्रह गरेपछि कम्पनीले यो शाखा विस्तार गरेको हो।

विगत २ दशकदेखि स्पा तथा वेलनेस संस्कृतिको प्रवर्द्धन गर्दै ट्रान्क्युलिटी स्पाले देशभरि १८ वटा भन्दा धेरै शाखा सञ्चालनमा ल्याइसकेको छ। अधिकाशं शाखाहरू प्रतिष्ठित होटल तथा पर्यटकीय गन्तव्यहरूमा छन् जसकारण पछिल्ला वर्षमा नेपाल भ्रमणमा आउने पर्यटकबीच पनि यसको सेवा लोकप्रिय बन्दै गएको छ।

द सोल्टी काठमाडौं, र्‍याडिसन होटल, रमादा बाई विन्डहम, होटल शंकर, चन्द्रागिरि हिल्स रिजोर्ट, रोयल टुलिप चितवन, फिसटेल लजबाई अन्नपूर्ण, माउन्टेन ग्लोरी, सिदार्थ भिलासालगायत देशका विभिन्न प्रतिष्ठित होटलमा सेवा विस्तार गरिसकेको यस कम्पनीले मलेसियामा समेत आफ्नो शाखा विस्तार गरी सेवा प्रदान गर्दै आएको छ। 

कम्पनीका प्रमुख परिचालन अधिकारी रनिल फैजुले नयाँ शाखा सञ्चालनले राजधानीमा उच्चस्तरीय वेलनेस सेवाको पहुँच विस्तार हुने विश्वास व्यक्त गरे। उनका अनुसार दैनिक व्यस्त जीवनशैलीबीच शारीरिक तथा मानसिक सन्तुलन कायम राख्न स्पा तथा वेलनेस सेवाको आवश्यकता बढ्दै गएको छ।

त्यस्तै कम्पनीका अध्यक्ष भुवन फैजुले प्रमूख पर्यटकीय तथा आतिथ्य क्षेत्रमा गुणस्तरीय स्पा सेवा विस्तार गर्नु संस्थाको दीर्घकालीन रणनीति रहेको बताए। उनका अनुसार यस पहलले वेलनेस पर्यटनको विकासमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

हाल ट्रान्क्युलिटी स्पाले वेलनेस उद्योगमार्फत देशभर लगभग २५० जनालाई रोजगारी प्रदान गर्दै आएको छ। नयाँ शाखा सञ्चालनसँगै होटलका सेवाग्राहीहरूले प्रिमियम आतिथ्य सेवासँगै एकै स्थानमा वेलनेस सुविधा उपभोग गर्न सक्ने विश्वास व्यक्त गरिएको छ।


प्रकाशित : बुधबार, चैत १८ २०८२१७:२१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend