सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

विद्युत नियमन आयोगका अध्यक्ष सिंहलाई तत्काल नहटाउन आदेश

आइतबार, चैत ६ २०७८
विद्युत नियमन आयोगका अध्यक्ष सिंहलाई तत्काल नहटाउन आदेश

सरकारले छानविन समिति गठन गरेर अध्यक्षसहित आयोगका सदस्यहरूलाई हटाएको थियो।

काठमाडौं- विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह र सदस्य भागिरथी ज्ञवालीलाई तत्काल नहटाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।

सर्वोच्चका न्यायाधीश आनन्दमोहन भट्टराईको इजलासले सिंह र ज्ञवालीलाई हटाउनुका कारण पेश गर्नका लागि छलफलमा बोलाएको छ। चैत १३ गतेका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ। 

सरकारले छानविन समिति गठन गरेर अध्यक्षसहित आयोगका सदस्यहरूलाई हटाएको थियो। ऊर्जामन्त्री पम्फा भुसालको प्रस्तावमा मन्त्रिपरिषद्ले गत पुस तेस्रो साता पूर्वन्यायाधीश प्रकाशचन्द्र गजुरेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

समितिमा पूर्वसहसचिवद्वय विष्णु थापा र आशिष घिमिरे सदस्य थिए। हटाएसँगै सरकारले नयाँ नियुक्तिको लागि गतसाता सूचना प्रकाशन गरिसकेको छ। 

 


प्रकाशित : आइतबार, चैत ६ २०७८११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend