शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

नेपाल एयरलाइन्सको आम्दानीमा सुधार, ६ महिनामा जहाज उडाएर कमायो ८ अर्ब ४१ करोड

मंगलबार, माघ २० २०८२
नेपाल एयरलाइन्सको आम्दानीमा सुधार, ६ महिनामा जहाज उडाएर कमायो ८ अर्ब ४१ करोड

काठमाडौं- पछिल्लो चार वर्षदेखि निरन्तर ओरालो लागेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यापारमा केही सुधार देखिन थालेको छ।

जहाजको इन्जिन मर्मत र भाडामा लिने खेलका कारण निगमको आम्दानीमा ठूलो गिरावट आएको थियो। निगमको नेतृत्वबाट युवराज अधिकारीको बहिर्गमनसँगै व्यापारमा केही सुधारको संकेत देखिएको हो।

निगमले सार्वजनिक गरेको विवरणअनुसार चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि पुस मसान्तसम्ममा जहाज उडाएर ८ अर्ब ४१ करोड रुपैयाँ आम्दानी गरेको छ।

गत आर्थिक वर्ष २०८१/०८२ को सोही अवधिमा निगमको आम्दानी ७ अर्ब ७० करोडमात्रै थियो। अघिल्लो आर्थिक वर्ष २०८०/८१ को ६ महिनमा जहाज उडाएर निगमले ८ अर्ब ३ करोड रुपैयाँ आम्दानी गरेको थियो।


प्रकाशित : मंगलबार, माघ २० २०८२१५:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend