शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

आलु भित्र्याउन र रोप्न भ्याइनभ्याइ, बिक्री गर्न छैन बजारको समस्या

शनिबार, माघ १७ २०८२
आलु भित्र्याउन र रोप्न भ्याइनभ्याइ, बिक्री गर्न छैन बजारको समस्या

यी फाँटहरू बीपी राजमार्ग क्षेत्रभित्र पर्ने भएकोले किसानले उत्पादन गरेको आलुको बजारको समस्या नभएपछि यहाँका किसनले गत वर्षदेखिनै व्यावसायिक रूपमा आलुखेती गर्दै आइरहेका छन्।

रामेछाप- सुनकोशी गाँउपालिका-३ स्थित झांगाझोली, बोहोरेटार र गणेशस्थान क्षेत्रका फाँटमा लगाइएको आलु भित्र्याउन र पुनः रोप्न यहाँका किसानलाई भ्याइनभ्याइ परेको छ।

रामेछापको खाडादेवी गाँउपालिकाको सिमानामा रहेको सुनकाशी नदीपारि पर्ने सिन्धुली जिल्लास्थित ती फाँटका किसान बर्खे धान भित्र्याएर कार्तिक र मंसिर महिनामा लगाएको दुई महिने आलु हिजोआज खन्ने र पुनः रोप्न व्यस्त भएका हुन्। स्थानीयवासी ठेटराज चौलागाईँ हाल आलु लागाइएको फाँटबाटै प्रतिकिलो २० रुपैयाँदेखि २५ रुपैयाँसम्ममा बिक्री गर्ने गरेको बताउँछन्।

यी फाँटहरू बीपी राजमार्ग क्षेत्रभित्र पर्ने भएकोले किसानले उत्पादन गरेको आलुको बजारको समस्या नभएपछि यहाँका किसनले गत वर्षदेखिनै व्यावसायिक रूपमा आलुखेती गर्दै आइरहेका छन्। आलुखेती नगर्दा यसअघि दुईदेखि तीन बाली मात्र हुने गरको भए पनि दुईपटक आलु रोप्ने र भित्र्याउने गर्दा वर्षमा चार बली यहाँका कृषकले भित्र्याउने गरेको स्थानीय दुर्गाप्रसाद आचार्य बताउँछन्।

गाँउपालिकाले यस क्षेत्रलाई आलु जोनका रूपमा विकास गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको सुनकोशी गाँउपालिकाका उपाध्यक्ष कपिल कोइरालाले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, माघ १७ २०८२१३:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend