सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टबीच रेमिट्यान्स भुक्तानीमा सम्झौता

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, फागुन ३० २०७८
इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्टबीच रेमिट्यान्स भुक्तानीमा सम्झौता

काठमाडौं- डिजिटल रेमिट्यान्स कम्पनी इसेव मनी ट्रान्सफर र नेपालको वित्तिय  बजारमा चिर–परिचित नाम प्रभु म्यानेजमेन्ट प्रा.लीवीच रेमिट्यान्स भुक्तानीसम्बन्धि सम्झौता भएको छ।

इसेवा र प्रभु म्यानेजमेन्टबीच रेमिट्यान्स भुक्तानीमा सहकार्य हुने भएको हो। आन्तरिक रेमिट्यान्स सेवामा सहकार्य हुन लागेको हो।  यस सम्झौता संगै, संसारका २०० बढी मुलुकबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पठाएको रेमिट्यान्स, इसेवा मनी ट्रान्सफरका १० हजार बढी भुक्तानी केन्द्र र ईसेवा वालेटका ५ हजार बढी एजेन्ट संगै इसेवा आवद्ध हुने भएको हो।  

प्रभु म्यानेजमेन्ट संग आवद्ध नेपालभरी रहेका ७,००० बढी सहकारी संस्थाहरुबाट समेत इसेवा मनी ट्रान्सफरमार्फत विदेशबाट आएको रेमिट्यान्स भुक्तानी गर्न सकिने भएको छ। 

यसका साथै, प्रभु म्यानेजमेन्टसंग आवद्ध सहकारी संस्थाहरुबाट इसेवा मनी ट्रान्सफरको डोमेस्टिक रेमिट्यान्स भुक्तानी लिन मिल्नुका साथै सहकारी संस्थाहरुमा रकम जम्मा गर्न सकिने समेत भएको छ। यसका साथै, प्रभु म्यानेजमेन्टसंग आवद्ध सहकारी संस्थाहरुबाट इसेवा मनी ट्रान्सफरको डोमेस्टिक रेमिट्यान्स भुक्तानी लिन मिल्नुका साथै यि सहकारी संस्थाहरुमा रकम जम्मा गर्न समेत सकिनेछ ।

ईसेवा मनी ट्रान्सफरका सि.इ.ओ अजेस कोइरालाले भने,‘प्रभु म्यानेजमेन्ट संग रेमिट्यान्स भुक्तानी सहकार्य गर्न सहज भएको छ,’। प्रभु म्यानेजमेन्टको व्यापक फैलिएको सञ्जाल मार्फत हाम्रा ग्राहकले रेमिट्यान्स भुक्तानी सेवामा थप सहजता पाउने दावी कोइरालको छ। 

ईसेवा मनि ट्रान्सफरले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेट प्रयोगकर्ताहरुको र ६० भन्दा बढी बैक खातामा विप्रेषण रकम भित्र्याउँदै आएको छ। 

 


प्रकाशित : सोमबार, फागुन ३० २०७८११:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend