शनिबार, वैशाख २० गते २०८२    
शनिबार, वैशाख २० २०८२
images
images

रसुवागढीबाट आयात बढाउन चिनियाँ पक्ष सहमत

images
शनिबार, फागुन २८ २०७८
images
रसुवागढीबाट आयात बढाउन चिनियाँ पक्ष सहमत
images
images

रसुवा- रसुवागढी नाकाबाट आयात हुने चिनियाँ सामग्रीको परिमाण बढ्ने भएको छ। रसुवा र केरूङस्थित जिलुङ प्रान्तका सीमा अधिकारीबीच भएको  ‘भर्चुअल’ वार्तामा नेपाल भित्रने चिनियाँ सामग्रीको आयात परिमाण बढाउने सहमति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
          
कोभिड-१९ सङ्क्रमणका कारण घट्दै आएको आयात वृद्धि गराइ नेपाली बजारको माग पूरा गराउन रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले गरेको प्रयास फलदायी भएको छ।
          
नौ कन्टेनरमार्फत भइरहेको आयातलाई वृद्धि गरी यही मार्च १५ तारेखबाट दैनिक १४ वटा कन्टेनर रसुवागढी ल्याउने सहमति भएको उनले बताए। चिनियाँ सामग्रीको आयात परिमाण बढ्ने भएपछि यहाँका व्यापारी र व्यवसायीलगायत सबैमा उत्साह बढेको छ। 
   
कोरोना सङ्क्रमणपश्चात् सीमाक्षेत्रको मितेरी पुलमा आवतजावत बन्द भए पनि  चिनियाँ पक्षले माग पूर्ति गर्न दैनिक तीन वटा ठूला कन्टनरबाट आयात सुरू गरेको थियो।  अहिले दैनिक १४ वटा ठूला चिनियाँ कन्टेनरमार्फत व्यवसायी सामग्रीसहित  रसुवागढी आउन थालेपछि यताका २८ वटा नेपाली कन्टेनरले दैनिक रोजगारी पाउने आशा पलाएको व्यवसायीले बताएका छन्। 

images
images
images

पहिलो चरणको कोरोना मन्थर भएपश्चात् पहिलो चरणमा तीन, छ हुँदै नौवटा कन्टेनरद्वारा सामग्री आयात भइरहेको थियो । रासस

images
images


प्रकाशित : शनिबार, फागुन २८ २०७८०७:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend