सोमबार, माघ २८ गते २०८१    
सोमबार, माघ २८ २०८१
images
images

कल्लेनीमा बल्यो बिजुली 

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, फागुन २५ २०७८
images
images
कल्लेनीमा बल्यो बिजुली 
images
images

म्याग्दी- म्याग्दीको धवलागिरि गाउँपालिका-६ कल्लेनीमा विद्युत् सुविधा पुगेको छ। जम्मा २५ घरधुरी रहेको कल्लेनी गाउँमा पहिलो पटक केन्द्रीय प्रशारण लाइनको बिजुली बलेको हो।

images
images
images

कल्लेनीमा रहेको ट्रान्सफर्मरबाट मङ्गलबारदेखि विद्युत् वितरण सुरु भएको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए। 

images
images

नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रले कल्लेनीमा विद्युतीकरण गरेको हो। प्रदेश सरकारको बजेटमार्फत विद्युतीकरण गरिएको केन्द्रका प्रमुख प्रशान्तकुमार झाले बताए। 

images
images
images

'कल्लेनीको ट्रान्सफर्रमरबाट आसपासका बस्तीका १ सय घरधुरीमा बिजुली वितरण गर्न सकिन्छ। ३२ वटा ट्रान्सफर्मर लगिसक्नु भएको छ। छिमेकी गाउँ भारवाङमा पनि बत्ती बाल्ने तयारी छ,' उनले भने 'दुई वर्षअघिनै पोल गाडेपनि २०७७ असारको पहिरोले क्षति पुर्‍याएपछि मर्मत गरेर आयोजनालाई पुर्णता दिएका हौँ।'

यसअघि उज्यालोका लागि सौर्य, टुकी र दियालोमा निर्भर कल्लेनीवासी बिजुली बलेपछि खुसी भएका छन्। छहरीखोलाको पानीले ‘पेल्ट्रिक सेट’ चलाएपनि नियमित विद्युत् उत्पादन हुन सकेको थिएन। विद्युत् सुविधा भएपछि घरायसी कामकाज, उद्यम व्यवसायदेखि बालबालिकाको पठनपाठनमा सहज भएको छ। 

धवलागिरिको मुनी, फलिगाउँ, मुना र दरमा पनि हालै विद्युतीकरण गरिएको थियो। सबै बस्तीमा केन्द्रीय र लघुजलविद्युत् परियोजनाको बिजुली बाल्ने काम अन्तिम चरणमा पुगेको छ। तीन हजार १२९ घरधुरी रहेको धवलागिरिलाई उज्यालो गाउँपालिका घोषणा गर्ने तयारी भएको अध्यक्ष थमसरा पुनले बताए। वडा न ४ को बगरमा सौर्य ऊर्जामार्फत विद्युतीकरण गरिएको छ।

गत बर्खामा बाढीले क्षति पुर्‍याएको लुलाङको दरखोला लघुजलविद्युत् परियोजना मर्मतपछि यसै महिनादेखि पुन सञ्चालन भएको छ। ताकमको सबै बस्तीमा केन्द्रीय लाइन विस्तार भएको छ। गुर्जा, मल्कवाङ, खिवाङ र मराङमा लघुजलविद्युत् परियोजनामार्फत विद्युतीकरण गरिएको छ। पालिकाका सबै घरमा केन्द्रीय लाइन, लघुजलविद्युत् र सौर्य ऊर्जामध्ये कुनै एक माध्यमको विद्युत् सुविधा पुर्‍याउने गाउँपालिकाको योजना छ। 

लघुजलविद्युत् परियोजना नभएका र केन्द्रीयलाइन नपुग्ने १२० घरधुरीलाई प्रदेश सरकारमार्फत गत कात्तिकमा ५० वाट क्षमताको ‘सोलार सेट’ वितरण गरिएको थियो। रासस


प्रकाशित : बुधबार, फागुन २५ २०७८१०:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend