मंगलबार, असार २ गते २०८३    
मंगलबार, असार २ २०८३

नागरिक एपमा आबद्ध हुन भुक्तानी सेवाप्रदायकलाई आव्हान 

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ३१ २०७८
नागरिक एपमा आबद्ध हुन भुक्तानी सेवाप्रदायकलाई आव्हान 

सेवाप्रदायक जोडिएपछि नागरिकले यही एपबाट सरकारी सेवा लिन सक्ने बताइएको छ। 

काठमाडौं- सरकारले भुक्तानी सेवा प्रदायक तथा सञ्चालकरूलाई नागरिक एपमा जोडिन आव्हान गरेको छ। 

नागरिक एपको माध्यमबाट सरकारी सेवा शुल्क, दस्तुर तथा जरिवाना तिर्न सकिने व्यवस्था मिलाएको  बताएको छ। 

'यसरी सेवा लिने नागरिकहरूले गर्नुपर्ने भुक्तानीका लागि सहज होस भनेर सेवा सञ्चालक तथा प्रदायकलाई जोडिन आव्हान गरिन्छ' सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भनेको छ। 

सेवाप्रदायक जोडिएपछि नागरिकले यही एपबाट सरकारी सेवा लिन सक्ने बताइएको छ। 

एपमा जोडिनका लागि सेवाप्रदायकहरूले राष्ट्रिय सूचना तथा प्रविधि केन्द्रमा सम्पर्क गर्नुपर्ने छ। 


प्रकाशित : बिहीबार , भदौ ३१ २०७८०४:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend