सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

विद्युत नियमन आयोगमा अध्यक्षसहित सदस्यका लागि मागियो दरखास्त

सोमबार, फागुन २३ २०७८
विद्युत नियमन आयोगमा अध्यक्षसहित सदस्यका लागि मागियो दरखास्त

काठमाडौं- सरकारले विद्युत नियमन आयोगको अध्यक्ष र सदस्यका लागि दरखास्त आह्वान गरेको छ। अध्यक्ष, तीन सदस्य (एक महिलासहित) का लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सिफारिस समितिले सोमबार सार्वजनिक सूचना जारी गरेर दरखास्त माग गरेको हो।

इच्छुक र योग्य उम्मेदवारले १५ दिनभित्र आवेदन दिन सक्नेछन्। आवेदन परेकामध्ये कार्ययोजनाको मूल्यांकनका आधारमा संक्षिप्त सूचीमा परेका बढीमा पाँच जनालाई कार्ययोजना प्रस्तुतिका लागि बोलाइने छ।

सरकारले विद्युत् नियमन आयोगका अध्यक्ष सहित पदाधिकारीहरुलाई गत साता हटाएको थियो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगका अध्यक्ष दिल्लीबहादुर सिंह तथा सदस्यहरु रामेश्वर प्रसाद कलवार र भागिरथी ज्ञवालीलाई पदमुक्त गरेको हो। हटाएसँगै आयोग पदधिकारीविहिन भएको थियो। 

विद्युत् नियमन आयोगका निलम्बित अध्यक्ष दिल्लीबहादुर सिंहसहित पदाधिकारीलाई कारबाही गर्न सिफारिस गर्दै छानबिन सिमितिले प्रतिवेदन बुझाएको थियो। 

नियगम.png

 


प्रकाशित : सोमबार, फागुन २३ २०७८०५:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend