सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

तिरुमा एकीकृत बस्ति निर्माण तीव्र

आइतबार, फागुन २२ २०७८
तिरुमा एकीकृत बस्ति निर्माण तीव्र

रसुवा- उत्तरगया गाउँपालिका वडा नम्बर १ तिरुमा निर्माणाधिन एकीकृत बस्ती निर्माणको काम धमाधम भइरहेको छ।  

रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित सासंद एवं काँग्रेस केन्द्रीय सदस्य ईन्जिनियर  मोहन आचार्य, प्रदेशसभा सदस्य प्रेम तामाङ लगायतको सहयोगमा पूर्वाधार सहित तिरु एकीकृत बस्ती निर्माणको काम अगाडि बढीरहेको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले जानकारी दिए। 

अहिले एकीकृत बस्तीमा गुम्बा, खानेपानी योजना निर्माण र विस्तापित परिवारको निजी आवास निर्माणको काम धमाधम भइरहेको छ। 

२०७२ सालको भुकम्पले तिरुमा नराम्रो क्षेति गरेको थियो। आफ्ना भवनहरु भुकम्पले भत्किए पछि तिरु बासीहरु विस्थापित जीवन विताइ रहेका थिए। 

सासंद एवं काँग्रेस केन्द्रीय सदस्य आचार्यकै पहलमा तिरुमा एकीकृत वस्ति निर्माणको प्रकृया अगाडी बढेको थियो।
गाउँपालिकाको सहयोग र समन्वयमा निर्माण भइरहेको एकीकृत बस्तीको निर्माण सम्पन्न गर्न आफुहरु लागिपर्ने गाँउपालिका अध्यक्ष उपेन्द्र लम्सालले बताए। 


प्रकाशित : आइतबार, फागुन २२ २०७८०९:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend