शुक्रबार, वैशाख १९ गते २०८२    
शुक्रबार, वैशाख १९ २०८२
images
images

नेपाल पूर्वाधार पत्रकार समाज गठन

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, फागुन २० २०७८
images
नेपाल पूर्वाधार पत्रकार समाज गठन
images
images

काठमाडौं-नेपाल पूर्वाधार पत्रकार समाज गठन भएको छ। नयाँ पत्रिकामा कार्यरत पत्रकार जीवन बस्नेतको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरिएको हो। उपाध्यक्षमा सुनिता कार्की (अन्नपूर्ण पोष्ट), सचिवमा हिमाल लम्साल (नागरिक दैनिक), सहसचिवमा हिमा विक (अभियान दैनिक), कोषाध्यक्षमा दिनेश खड्का (बिजमाण्डू) रहेका छन्। 

images
images
images

त्यस्तै, सदस्यहरुमा क्रमशः बिमल खतिवडा (कान्तिपुर दैनिक), विनय बन्जरा (ग्यालेक्सी फोर के टिभी), दिपेन्द्र थापा (कारोबार दैनिक), निर्दोष घोरासाइने (हाम्रो अर्थ), प्रशन्न ढुङगाना (अर्थ टिभी), संचिता घिमिरे (राष्ट्रिय समाचार समिति) रहेका छन्।
 संस्था जिल्ला प्रशासन कार्यालय, काठमाडौमा दर्ता गरिएको छ। 

images
images

पूर्वाधार र विकास निर्माणका क्षेत्रमा क्रियाशील पत्रकारहरुलाइ संगठित गर्दै उनीहरुको क्षमता अभिवृद्धि गर्ने मुख्य उदेश्य राखेर संस्था दर्ता गरिएको हो। ‘पूर्वाधार क्षेत्रका सरोकारवाला, अनुभवी विज्ञ र अग्रजबाट सिक्ने र नयाँ र सिकारुहरुको दक्षता अभिवृद्धि गर्ने मञ्चको रुपमा संस्थालाई अघि बढाउने उदेश्य हो,’ नेपाल पूर्वाधार पत्रकार समाजका अध्यक्ष बस्नेतले भने,’ विकास निर्माणका विभिन्न क्षेत्रहरु छन्, त्यससँग जोडिने विभिन्न पक्षसँग जानकारमार्फत पत्रकार साथीहरुको क्षमता अभिवृद्धि गर्ने प्रयत्न गरिनेछ।’

images
images

 


प्रकाशित : शुक्रबार, फागुन २० २०७८१०:५९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend