सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

निरन्तर उचाइतर्फ सुनको मूल्य, प्रतितोला ७ सय रूपैयाँले बढेर हालसम्मकै उच्च

सोमबार, असोज ६ २०८२
निरन्तर उचाइतर्फ सुनको मूल्य, प्रतितोला ७ सय रूपैयाँले बढेर हालसम्मकै उच्च

चाँदी पनि सोमबार प्रतितोला ३० रूपैयाँले महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडौं- निरन्तर उचाइतर्फ लागिरहेको सुनको मूल्य सोमबार कीर्तिमानी बिन्दुमा पुगेको छ।

प्रतितोला ७ सय रूपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च २ लाख १७ हजार ८ सय रूपैयाँ पुगेको छ।

यसअघि भदौ ३१ मा सुनको उच्च मूल्य प्रतितोला २ लाख १७ हजार एकसय रूपैयाँ कायम थियो। यो साता आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।

चाँदी पनि सोमबार प्रतितोला ३० रूपैयाँले महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आइतबार प्रतितोला २ हजार ६ सय २० रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि प्रतितोला २ हजार ६ सय ५० रूपैयाँ तोकिएको छ।


प्रकाशित : सोमबार, असोज ६ २०८२१०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend