शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

प्रतितोला ७ सय रूपैयाँले घट्यो सुनको मूल्य

आइतबार, भदौ २९ २०८२
प्रतितोला ७ सय रूपैयाँले घट्यो सुनको मूल्य

चाँदीको मूल्य भने आइतबार प्रतितोला ५ रूपैयाँले वृद्धि भएको छ।

काठमाडौं- नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ७ सय रूपैयाँले घटेको छ।

गत शुक्रबार प्रतितोला दुई लाख १५ हजार ८ सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य यो साता आइतबारका लागि प्रतितोला दुई लाख १५ हजार एकसय रूपैयाँ तोकिएको छ।

चाँदीको मूल्य भने आइतबार प्रतितोला ५ रूपैयाँले वृद्धि भएको छ। 

आइतबारका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार ५ सय ७० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार चाँदीको मूल्य प्रतितोला दुई हजार ५ सय ६५ रूपैयाँ तोकिएको थियो।


प्रकाशित : आइतबार, भदौ २९ २०८२१२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend