सोमबार, असार १ गते २०८३    
सोमबार, असार १ २०८३

हरेक आइतबार दराजमा आईएमई पेबाट भुक्तानी गर्दा १० प्रतिशत छुट 

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, फागुन १५ २०७८
हरेक आइतबार दराजमा आईएमई पेबाट भुक्तानी गर्दा १० प्रतिशत छुट 

सम्झौतामा आईएमई पे का तर्फबाट सहायक महाप्रवन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरेका छन्। 

काठमाडौं- आईएमई पे र दराज बीच सम्झौता भएको छ। उपभोक्तलाई आकर्षित गर्नका लागि सम्झौता भएको छ। 

यी दुई कम्पनीबीच वालेट डे मनाउने सम्झौता भएको छ। 

सम्झौतामा आईएमई पे का तर्फबाट सहायक महाप्रवन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरेका छन्। 

सम्झौता अनुसार हरेक आइतबार दराज वालेट डे हुनेछ । दराज वालेट डे मा  आइएमई पे मार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट हुने छ।  छुटको रिडिम भउचर पाउन सकिने साथै प्रयोगकर्ताहरुलाई आइएमई पे एप वा आइएमई पे भिसा कार्डको १० प्रतिशत छुट (रु. ३५० र रु. ५०० सम्मको) पाइने रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने कम्पनीले जनाएको छ । 

प्रकाशित : आइतबार, फागुन १५ २०७८१२:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend