शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

अमेरिकी सेनाद्वारा दुईवटा एम २८ स्काइ ट्रक नेपाली सेनालाई हस्तान्तरण

बिहीबार , भदौ १९ २०८२
अमेरिकी सेनाद्वारा दुईवटा एम २८ स्काइ ट्रक नेपाली सेनालाई हस्तान्तरण

अमेरिकी सेनाद्वारा प्रदान गरिएको उक्त स्काइ ट्रकहरू सैनिक प्रयोजनलगायत विपद् व्यवस्थापन तथा विभिन्न आपतकालिन उद्धारका लागि प्रयोग हुनेछ।

काठमाडौं- वैदेशिक सहायता कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाली सेनालाई दुईवटा एम २८ स्काइ ट्रक हस्तारन्तरण गरेको छ। एयर एम्बुलेन्स र स्काइ ट्रक १/१ वटा पूर्ण अनुदानमा सहयोग स्वरूप प्रदान गरेको हो। 

भदौ १९ गते गौचर स्थित मध्य एयर वेशमा परराष्ट्रमन्त्री आरजु राणा देउवाको प्रमुख आतिथ्य र रक्षा मन्त्री मानवीर राईको उपस्थितिमा आयोजित एक कार्यक्रमबीच नेपालका लागि अमेरिकी राजदूत डेन आर थमसनले प्रधान सेनापति अशोक राज सिग्देललाई उक्त स्काइ ट्रक हस्तान्तरण गरेका हुन्। 

अमेरिकी सेनाद्वारा प्रदान गरिएको उक्त स्काइ ट्रकहरू सैनिक प्रयोजनलगायत विपद् व्यवस्थापन तथा विभिन्न आपतकालिन उद्धारका लागि प्रयोग हुनेछ।  

कार्यक्रममा परराष्ट्र मन्त्रीले विपद् प्रतिकार्य तथा मानवीय सहायताका कार्यहरूमा नेपाली सेनाको क्षमता अभिवृद्धिमा गरेको सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद दिइन्। सोही अवसरमा नेपालका लागि अमेरिकाका महामहिम राजदूत थमसनले हस्तान्तरण गरिएका दुई वटा स्काइ ट्रकहरूले दुई देशबीच रहँदै आएको मैत्रिपूर्ण सम्बन्धमा महत्वपूर्ण आयाम थपिएको बताउँदै निकट भविष्यमा सहयोग स्वरूप थप २ वटा बेल हेलिकोप्टर प्रदान गर्ने योजना रहेको समेत बताए।   

कार्यक्रममा बलाधिकृत, अमेरिकी अधिकारीहरु रथी, परराष्ट्र तथा रक्षा मन्त्रालयका अधिकृत प्रतिनिधिहरू लगायत अमेरिकी राजदूतावासका सैनिक सहचारी तथा प्रतिनिधिको उपस्थिति रहेको थियो।


प्रकाशित : बिहीबार , भदौ १९ २०८२१६:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend