काठमाडौं- एनएमबि बैंकका कर्मचारी र ग्राहकहरुले बुटवल हस्पिटलबाट प्राप्त गर्ने सेवामा छुट पाउने भएका छन्। बैंक र हस्पिटलबीच छुटसम्बन्धी सम्झौता भएको हो।
सम्झौताअनुसार एनएमबि बैंकका कर्मचारी तथा तिनका परिवार एवं ग्राहकहरुले हस्पिटलले प्रदान गर्ने सेवाहरुमा विशेष छुट पाउनेछ्न्। हस्पिटलले प्रदान गर्ने सेवाहरु बेड चार्ज, ल्याब टेस्ट, अप्रेसन चार्ज, यूएसजी/ईसीजी/इको/एक्सरे, फिजियोथ्रापी र मेडिसीनमा ५ देखि १५ प्रतिशतसम्म छुट मिल्ने छ।
छुट पाउनका लागि भुक्तानी गर्दा एनएमबि बैंकको एटीएम, क्रेडिट कार्ड, इन्टरनेट बैंकिङ, मोबाइल बैकिङ, कर्पोरेट पे, क्यूआर कोड प्रयोग गर्नुपर्नेछ। यस्ता सम्झौताले कर्मचारी तथा ग्राहकहरुलाई उपचारको क्रममा राहत हुने बैंकको विश्वास छ।
एनएमबि बैंकले हाल देशभर रहेका आफ्ना २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ।
