इटहरी- नेपालको नम्बर १ लक्जरी ईभी ब्रान्ड दिपलले इटहरीमा विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज सुविधा ल्याउन लागेको छ। इटहरीमा आफ्नो अत्याधुनिक शोरुमको उद्घाटनको अवसरमा शुक्रबारदेखि कम्पनीले चार दिनका लागि विशेष टेस्ट ड्राइभ र एक्सचेन्जको आयोजना गर्ने भएको हो।
एमएडब्लू वृद्धिले आफ्नो इटहरी डिलर सर्ब मोटर्ससँग मिलेर इटहरीमा शुक्रबार उद्घाटन हुने दिपलको नयाँ शोरुममा ग्राहकले भदौ २० देखि २३ गतेसम्म दिपलका अत्याधुनिक ईभी लाइनअपको टेस्ट ड्राइभ र दिपलका मानव रोबोटको अनुभव गर्न पाउने छन्।
विशेष टेस्ट ड्राइभ र एक्सचेन्ज कार्यक्रममा नेपालकै सबैभन्दा सुन्दर र विशेष कनेक्टिभिटी भएको दिपल एस०७ आईसीए, स्टाइलिस सेडान एल०७, संसारकै पहिलो ट्रान्सफर्मर एसयूभी दिपल ई०७ र अल्ट्राप्रिमियम लक्जरी एसयूभी अवतार ११ का साथै नेपालमा केही साताअघि सार्वजनिक भएर अटोबजार तताइरहेको दिपल एस०५ को पनि टेस्ट ड्राइभ गर्न सक्नेछन्।
भर्खरै सम्पन्न नाडा अटो शो स्टपरका रुपमा चर्चित दिपल एस०५ लक्जरी, स्टाइल र टेक फिचरका कारण केही सातामै नेपाली अटोबजारमा सफल साबित भइसकेको कम्पनीको दाबी छ।
यो एक्सचेन्जमा ग्राहकले चारवटा रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको सर्वोत्कृष्ट मूल्यांकन पाउनुका साथै केही निश्चित दिपल मोडलमा नगद छुट, नि:शुल्क रोड ट्याक्स र इन्स्योरेन्सका साथै नि:शुल्क ट्राभल चार्जर पनि पाउनेछन्।
यो कार्यक्रममा दिपलका अत्याधुनिक ह्युमनोइड रोबोट र रोबोट कुकुर पनि प्रदर्शनीमा राखिने कम्पनीले जनाएको छ।
