काठमाडौं- लगातार उचाइतर्फ लागेर रेकर्ड कायम गरिरहेको सुनको मूल्य बिहीबार भने थामिएको छ।
बिहीबारका लागि सुनको मूल्य प्रतितोला २ लाख ७ हजार ९ सय रूपैयाँ तोकिएको छ। यो साता बुधबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो। जुन हालसम्मकै उच्च मूल्य हो।
यो साता आइतबार, सोमबार र मंगलबार पनि सुन उच्च मूल्यमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै स्थानीय बजारमा पनि त्यसको असर परेको हो।
नेपाली बजारमा चाँदीको मूल्य पनि बिहीबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
बुधबार प्रतितोला २ हजार ४ सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
