काठमाडौं- एनएमबि बैंकले आफ्ना ग्राहकहरु तथा कर्मचारीहरुका लागि विशेष सुविधा प्रदान गर्नका लागि बेस्ट वेस्टर्न प्लस काठमाडौं होटलसँग नयाँ साझेदारी गरेको छ।
यस साझेदारीसँगै एनएमबि बैंकका कार्डवाहकहरूले बेस्ट वेस्टर्न प्लसमा कोठा बुकिङ गर्दा २० प्रतिशत छुट पाउनेछन्।
साथै, बैंकका ग्राहक तथा कर्मचारीले होटलका प्रख्यात रेस्टुरेन्टहरू, सनराइज क्याफे र ला भिस्टा रुफटप क्याफेमा खानामा, बेकरीका सबै सामानमा तथा होटलको स्विमिङ पुल प्रयोगमा १० प्रतिशत छुट पनि प्राप्त गर्नेछन्।
एनएमबि बैंकले हाल देशभर रहेका आफ्ना २०२ शाखा, १८७ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा दिइरहेको छ।
