शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

टाटा मोटर्सको नयाँ शोरूम धनगढीमा

बुधबार, भदौ १८ २०८२
टाटा मोटर्सको नयाँ शोरूम धनगढीमा

त्यस्तै, आईसीई मोडलहरूअन्तर्गत टाटाका टियागो, पञ्च, नेक्सन र सफारी पनि यस शोरूममार्फत उपलब्ध हुनेछन्।

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले धनगढीमा नयाँ शोरूम सञ्चालनमा ल्याएको छ।

सुदूरपश्चिम प्रदेशलाई केन्द्रित गरी जीएआरएस ट्रेडिङ कन्सर्नलाई आफ्नो नयाँ आधाकारिक डिलर चयन गर्दै सिप्रदीले मंगलबार धनगढीस्थित बोराडाँडीमा आफ्नो नयाँ शोरूमको उद्घाटन गरेको हो।

नयाँ शोरूममार्फत अब धनगढीमात्र नभइ सुदूरपश्चिम क्षेत्रभरका ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू टाटा टियागो ईभी, पञ्च ईभी, नेक्सनके३ ईभी र कर्भ ईभी सजिलै खरिद गर्न सक्नेछन्।

त्यस्तै, आईसीई मोडलहरूअन्तर्गत टाटाका टियागो, पञ्च, नेक्सन र सफारी पनि यस शोरूममार्फत उपलब्ध हुनेछन्। पञ्चले नेपाली बजारमा सिटी एसयुभीका रूपमा लोकप्रियता पाएको छ भने सफारीले आफ्नो मजबुत बनावट, लक्जरी सुविधा र सुरक्षा विशेषताका कारण विशेष स्थान बनाएको छ।

सिप्रदी ट्रेडिङले ग्राहकलाई गाडी बिक्रीमात्र नभइ आकर्षक फाइनान्स सुविधा, सहज बीमा योजना, गुणस्तरीय सर्भिसिङ, भरपर्दो आफ्टर-सेल्स सेवा र ब्याट्री डायग्नोस्टिक रेस्टोरेसन फेसीलिटी उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

साथै, सोही कार्यक्रममा टाटाको गाडी बुक गरेर बसेका ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको थियो।


प्रकाशित : बुधबार, भदौ १८ २०८२१५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend