ललितपुर- नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनेपेले आधिकारिकरूपमा सिटीपेलाई आफ्नो पारिस्थितिकी प्रणालीमा एकीकृत गरिएको दशौँ डिजिटल वालेटको रूपमा स्वागत गरेको छ। यसले नेपालमा सहज, सुरक्षित र समावेशी डिजिटल भुक्तानी वातावरण निर्माण गर्ने फोनेपेको अभियानलाई अझ बलियो बनाउने कम्पनीको भनाइ छ।
यस साझेदारीमार्फत सिटीपे वालेट प्रयोगकर्ताहरू अब फोनेपेको राष्ट्रव्यापी अन्तरसञ्चालित क्यूआर नेटवर्कको पहुँच प्राप्त गर्न सक्नेछन्। जसले गर्दा उनीहरूले देशभर १.७ मिलियनभन्दा बढी व्यापारी आउटलेटहरूमा भुक्तानी गर्न सक्नेछन्।
हाल फोनेपे नेटवर्कले ६० भन्दा बढी बैंक र वित्तीय संस्थाहरूलाई जोडेको छ र बढ्दो संख्यामा वालेट साझेदारहरूलाई पनि समेटेको छ, जसले लाखौँ प्रयोगकर्ताहरूलाई सुरक्षित र तत्काल डिजिटल लेनदेनको सुविधा प्रदान गर्दछ।
फोनेपेका सीईओ दिवसकुमार सिटीपेलाई फोनेपे नेटवर्कमा सामेल गर्नु एक महत्वपूर्ण कदम भएको बताउँछन्। 'हाम्रो उद्देश्य केवल वालेट र बैंकहरूलाई जोड्नु मात्र होइन, प्रत्येक व्यक्तिलाई र व्यवसायलाई डिजिटल भुक्तानीको वास्तविक सुविधा र विश्वास अनुभव गराउन हो', उनले भने।
त्यस्तै, सिटीपेका सीईओ विनय रेग्मीले पनि यो एकीकरणले ग्राहकलाई सहज, भरपर्दो भुक्तानी अनुभव सुनिश्चित गर्ने बताए।
यस महत्वपूर्ण साझेदारीलाई विशेष बनाउन सिटीपेले आफ्ना ग्राहकका लागि फोनेपे नेटवर्कमार्फत गरिने क्यूआर कारोबारमा आधारित विशेष पर्व-अभियान घोषणा गरेको छ। २०२५ सेप्टेम्बर २ देखि नोभेम्बर २ सम्म सिटीपे वालेट प्रयोगकर्ता प्लेटफर्ममार्फत गर्ने प्रत्येक कारोबारले स्वचालित रूपमा भाग्यशाली चिट्ठामा प्रवेश गर्नेछन्। अभियान अवधिभर दुई भाग्यशाली विजेताले दुईवटा सामसङ ब्रान्डको टेलिभिजन प्राप्त गर्नेछन्। विजेताहरू मासिकरूपमा घोषणा गरिनेछन्।
सिटीपेले ५ रूपैयाँभन्दा माथिको प्रत्येक क्यूआर कारोबारमा २० रिवार्ड पोइन्ट प्रदान गर्नेछ, जुन कम्पनीको नीतिअनुसार लाभग्राहीले नगद वा वस्तुको रूपमा रूपान्तरण गर्न सक्नेछन्।
