शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

सीजीनेटको दसैँ-तिहारलक्षित योजना : इन्टरनेटसँगै उपहार

मंगलबार, भदौ १७ २०८२
सीजीनेटको दसैँ-तिहारलक्षित योजना : इन्टरनेटसँगै उपहार

१५०/२५०/३५० मेगाबिट प्रतिसेकेन्डको प्याकेजमा अधिकतम ३ महिनासम्मको बोनस सुविधा रहेको छ।

काठमाडौं- इन्टरनेट सेवा प्रदायक सीजीनेटले यस वर्षको दसैँ-तिहारलगायत चाडपर्वलाई विशेष बनाउन आफ्ना नयाँ तथा नवीकरण गर्ने ग्राहकहरूका लागि आकर्षक योजना सार्वजनिक गरेको छ।

दसैँ अफरअन्तर्गत प्रत्येक प्याकेजको नवीकरण गर्दा वा नयाँ प्याकेज किन्दा ग्राहकहरूले उपहार पाउने छन्। ग्राहकहरूले २५० मेगाबिट प्रतिसेकेन्ड र ३५० मेगाबिट प्रतिसेकेन्डको प्याकेजमा मिक्सर ग्राइन्डरका साथै १ महिना इन्टरनेट निःशुल्क पाउनेछन्।

यस्तै १५० मेगाबिट प्रतिसेकेन्डको प्याकेजमा टोस्टर र १ महिना इन्टरनेट निःशुल्क उपलब्ध हुनेछ।

१५०/२५०/३५० मेगाबिट प्रतिसेकेन्डको प्याकेजमा अधिकतम ३ महिनासम्मको बोनस सुविधा रहेको छ।

भदौ १५ गतेदेखि सुरु भएको यो अफर कात्तिक ३० गतेसम्म चल्नेछ।


प्रकाशित : मंगलबार, भदौ १७ २०८२१२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend