शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

लगातार उचाइतर्फ सुनको मूल्य, मंगलबार पनि प्रतितोला ६ सय रूपैयाँले बढेर रेकर्ड कायम

मंगलबार, भदौ १७ २०८२
लगातार उचाइतर्फ सुनको मूल्य, मंगलबार पनि प्रतितोला ६ सय रूपैयाँले बढेर रेकर्ड कायम

मंगलबार सुन हालसम्मकै उच्च प्रतितोला दुई लाख ५ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- यो साता लगातार बढिरहेको सुनको मूल्य मंगलबार पनि प्रतितोला ६ सय रूपैयाँले वृद्धि भएको छ। मंगलबार सुन हालसम्मकै उच्च प्रतितोला दुई लाख ५ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ।

गएको शुक्रबारयता लगातार कीर्तिमानी बिन्दुमा पुगेको सुनको मूल्य यो साता मंगलबार पनि वृद्धि हुँदै नयाँ रेकर्ड कायम गरेको हो। यो साता आइतबार र सोमबार पनि सुन उच्च मूल्यमा कारोबार भएको थियो। सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ५ हजार ३ सय रूपैयाँ कायम थियो।

पछिल्लो समय चाँदीको मूल्य पनि निरन्तर बढिरहेको छ।

मंगलबार चाँदीको मूल्य तोलामा १५ रूपैयाँले बढेर प्रतितोला दुई हजार चारसय ८५ रूपैयाँ पुगेको छ।

सोमबार चाँदी प्रतितोला दुई हजार चारसय ७० रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : मंगलबार, भदौ १७ २०८२११:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend