शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

एलजी नेपालको दसैँतिहार विशेष अफर : सामान खरिदमा ४० प्रतिशतसम्म छुटदेखि विभिन्न उपहार

सोमबार, भदौ १६ २०८२
एलजी नेपालको दसैँतिहार विशेष अफर : सामान खरिदमा ४० प्रतिशतसम्म छुटदेखि विभिन्न उपहार

आजदेखि सुरु भएको यो विशेष अफर सीमित अवधिसम्म लागु हुने कम्पनीले जनाएको छ।

काठमाडौं- नेपालको अग्रणी इलेक्ट्रोनिक्स ब्राण्ड एलजीले आफ्नो ४० वर्षे यात्रालाई उपभोक्तासँग संयुक्त उत्सवका रूपमा मनाउँदै 'खुशीको ४० वर्ष' नामक दसैँतिहार विशेष अफर सार्वजनिक गरेको छ। दसैँतिहार पर्व थप उल्लासमय बनाउन एलजीले उपभोक्ताका लागि आकर्षक छुट र उपहारसहित विशेष स्किम सुरु गरेको हो।

नेपालमा एलजी उत्पादनको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्समार्फत उपलब्ध यो अफरअन्तर्गत उपभोक्ताले ४० प्रतिशतसम्म नगद छुट र विभिन्न उपहार प्राप्त गर्ने अवसर पाउनेछन्। टप लोड/ट्विन टब वासिङ मेसिनमा ३ लिटर एरियल लिक्विड उपहार राखिएको छ।

ग्राहकले डिशवाशर खरिदमा २ प्याक डिशवाशिङ ट्याब्लेट, साइड-बाइ-साइड फ्रिजमा माइक्रोवेभ ओभन, डबल डोर फ्रिज (३०८ लिटरसम्म) मा प्रेशर कुकर, ३४० लिटरसम्मकोमा मिक्सर ग्राइन्डर र माइक्रोवेभ ओभन खरिद गर्दा कुकिङ किट उपहार प्राप्त गर्न सक्नेछन्।

यस्तै, एयर कन्डिसनर खरिद गर्दा निःशुल्क इन्स्टलेसन रहेको छ भने सजिलो किस्ताबन्दी खरिद गर्ने सुविधासमेत रहेको छ। ३२ इन्च वा सोभन्दा ठूलो टीभी किन्दा ९ महिनाको नेट टीभी सब्स्क्रिप्सन पनि मिल्नेछ।

आज सोमबारदेखि सुरु भएको यो विशेष अफर सीमित अवधिसम्म लागु हुने कम्पनीले जनाएको छ।


प्रकाशित : सोमबार, भदौ १६ २०८२१७:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend