शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

ग्वार्कोमा भीजी सुजुकीको नयाँ शोरुम

सोमबार, भदौ १६ २०८२
ग्वार्कोमा भीजी सुजुकीको नयाँ शोरुम

ग्राहक तथा सुजुकीप्रति लगाव भएकाहरुले उक्त शोरुम पुगेर सुजुकी मोटरसाइकल र स्कुटरहरू अवलोकन गर्न सक्नेछन्।

काठमाडौं- भीजी अटोमोबाइल्स प्रालिले ललितपुरको ग्वार्कोमा भीजी सुजुकीको नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

सुजुकी दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक भीजी अटोमोबाइलले ग्वार्को चोकनजिकै आफ्नो नयाँ शोरुम खोलेको हो। कम्पनीका महाप्रबन्धक पारस जैनमार्फत् सोमबार शोरुमको उद्घाटन गरिएको छ।

ग्राहक तथा सुजुकीप्रति लगाव भएकाहरुले उक्त शोरुम पुगेर सुजुकी मोटरसाइकल र स्कुटरहरू अवलोकन गर्न सक्नेछन्।

नयाँ शोरुममा उद्घाटन अफरको रूपमा ५० हजार रूपैयाँ मूल्यबराबरको थप एक्सचेन्ज मूल्यांकन सुविधा लिन सक्नेछन्। यो सुविधा छानिएका मोडलहरूमा मात्र लागु हुने कम्पनीले जनाएको छ। 


प्रकाशित : सोमबार, भदौ १६ २०८२१५:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend