काठमाडौं- एनआईसी एसिया बैंकका ग्राहकहरुलाई र्याडिसन होटलमा विशेष छुट उपलब्ध हुने भएको छ। बैंक र होटलबीच डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट दिनेगरी सम्झौता भएको हो।
बैंकका ग्राहकहरुले उक्त होटलमा सेवा लिँदा खाना तथा पेय पदार्थ तथा फिटनेस सेन्टर (जीम)मा २० प्रतिशत र एयरपोर्ट लाउन्ज एण्ड रेस्टुरेन्ट पेस्ट्री सप र ट्रान्क्यूलिटी स्पामा १५ प्रतिशतको छुट उपभोग गर्न सक्नेछन्।
सुविधा उपभोगका लागि बैंकको डेबिट-क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ।
यस सहकार्यले ग्राहकहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास बैंकको छ।
