शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

भर्चुअल प्रिभिलेज कार्डमार्फत छुट सुविधा दिनेगरी डिशहोम र मेलुङ थकालीबीच साझेदारी

सोमबार, भदौ १६ २०८२
भर्चुअल प्रिभिलेज कार्डमार्फत छुट सुविधा दिनेगरी डिशहोम र मेलुङ थकालीबीच साझेदारी

केवल माइ डिशहोम एपमार्फत सक्रिय ग्राहकहरूका लागि यो सुविधा उपलब्ध हुनेछ।

काठमाडौं- डिशहोमले भर्चुअल प्रिभिलेज कार्डमार्फत छुट सुविधा उपलब्ध गराउने गरी मेलुङ थकालीसँग साझेदारी गरेको छ।

यस साझेदारीसँगै सक्रिय डिशहोम ग्राहकहरूले अब मेलुङ थकालीका सबै आउटलेटहरूमा १० प्रतिशत छुट पाउनेछन्।

मेलुङ थकालीको पाँच आउटलेटहरू एयरपोर्ट, गठ्ठाघर, बानेश्वर, बौद्ध र बालुवाटारमा रहेको छ। यसले डिशहोमका ग्राहकहरूलाई आफ्नो मनपर्ने थकाली परिकारमा छुटसहित खानसक्ने सुविधा दिनेछ।

केवल माइ डिशहोम एपमार्फत सक्रिय ग्राहकहरूका लागि यो सुविधा उपलब्ध हुनेछ।

प्रकाशित : सोमबार, भदौ १६ २०८२११:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend