शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

यती एयरलाइन्स र उपायबीच साझेदारी, ‘यती डोर टु डोर कार्गो सेवा’ सञ्चालनमा ल्याइँदै

सोमबार, भदौ १६ २०८२
यती एयरलाइन्स र उपायबीच साझेदारी, ‘यती डोर टु डोर कार्गो सेवा’ सञ्चालनमा ल्याइँदै

उपायले बुकिङअनुसार ग्राहकको घरमै सामान लिन आउने र गन्तव्यसम्म पुर्‍याइदिनेसम्मको सेवा प्रदान गर्नेछ।

काठमाडौं- नेपालमा हवाई कार्गो सेवालाई थप डिजिटल बनाउन यती एयरलाइन्स ले ‘यती डोर टु डोर कार्गो सेवा’ सञ्चालनमा ल्याउँदैछ। उपाय सिटी कार्गो प्रालिसँग रणनीतिक साझेदारी गरी यतीले यो सेवा सुरुवात गर्न लागेको हो।

ग्राहकहरुले यती एयरलाइन्समा कार्गो पठाउनका लागि उपायको अत्याधुनिक लजिस्टिक्स प्लेटफर्म उपाय कम्प्लिट प्रयोग गरी घरमै बसीबसी ‘डोर टु डोर कार्गो सेवा’ बुक गर्न सक्नेछन्।

अब कार्गो पठाउन एयरपोर्ट वा कार्यालय धाउनुपर्ने छैन। उपायले बुकिङअनुसार ग्राहकको घरमै सामान लिन आउने र गन्तव्यसम्म पुर्‍याइदिनेसम्मको सेवा प्रदान गर्नेछ। 

घरमै आइपुग्ने र तोकिएको स्थानसम्म पुर्‍याउने, मोबाइल वा वेबमार्फत सजिलै बुकिङ गर्न सकिने र सामानको स्थिति रियल-टाइममा ट्र्याक गर्न सकिने, चाहनाअनुसार उपाय हबमा कार्गो छोड्न वा परम्परागत एयरपोर्ट-टु-एअरपोर्ट सेवा लिन सकिनेलगायतको सुविधा उपाय सिटी कार्गोले दिने जनाएको छ।

दुवै कम्पनीले आगामी दिनमा सेवालाई अझ आधुनिक बनाउन एआई आधारित रुट अनुकूलन, स्वचालित हबहरू र डेटा आधारित लजिस्टिक समाधानजस्ता नवीन प्रविधि लागु गर्ने तयारीसमेत गरेका छन्।


प्रकाशित : सोमबार, भदौ १६ २०८२११:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend