काठमाडौं- लगातार उचाइतर्फ लागिरहेको सुनको मूल्य सोमबार पनि प्रतितोला एक हजार ७ सय रूपैयाँले बढेर हालसम्मकै उच्च कायम भएको छ। सोमबार सुनको मूल्य प्रतितोला दुई लाख ५ हजार ३ सय रूपैयाँ पुगेको छ।
यसअघि गएको शुक्रबार कीर्तिमानी मूल्यमा पुगेको सुनको मूल्य यो साता आइतबार पनि उच्च मूल्य प्रतितोला दुई लाख ३ हजार ६ सय रूपैयाँमा कारोबार भएको थियो। सोमबार पनि वृद्धि हुँदै सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो।
यस्तै, चाँदीको मूल्य पनि सोमबार प्रतितोला ४५ रूपैयाँले वृद्धि भएको छ।
यो साता आइतबार प्रतितोला दुई हजार चारसय २५ रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य सोमबारका लागि प्रतितोला दुई हजार चारसय ७० रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
