शनिबार, जेठ ३० गते २०८३    
शनिबार, जेठ ३० २०८३

एनआइएमबि एस क्यापिटल, पायोनियर ल एशोसिएट्स र इक्रा नेपालद्वारा 'रोड टू आईपीओ' कार्यक्रम सम्पन्न

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १५ २०८२
एनआइएमबि एस क्यापिटल, पायोनियर ल एशोसिएट्स र इक्रा नेपालद्वारा 'रोड टू आईपीओ' कार्यक्रम सम्पन्न

काठमाडौं- एनआईएमबी एस क्यापिटल लिमिटेडले पायोनियर ल एशोसिएट्स र इक्रा नेपाल लिमिटेडसँगको सहकार्यमा होटल अलफ्ट काठमाडौंमा 'रोड टू आईपीओ' नामक कार्यशालामा आयोजना गरेको छ।

उक्त कार्यक्रममा विशेष गरि कर्पोरेट संथाका सहभागीहरुलाई प्राथमिक सार्वजनिक निष्कासनको प्रकृयामार्फत आफ्ना कम्पनीलाई सूचीकृत गर्नका लागि आवश्यक प्रक्रियागत जानकारी र रणनीतिक मार्गदर्शन प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो।

कार्यक्रमको उद्घाटन एनआइएमबि एस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले गरे। उनले आईपीओको महत्वको बारेमा आफ्नो विचार व्यक्त गर्दै यसले कम्पनीको दीर्घकालीन रणनीतिलाई आकार दिइ पुँजी निर्माणमा सहयोग हुने तथा समग्र आर्थिक विकासमा टेवा पुग्नेमा जोड दिए।

पायोनियर ल एशोसिएट्स का म्यानेजिङ पार्टनर, अनुप राज उप्रेतीले सार्वजनिक निष्काशनका कानूनी पक्षहरु र यसका लागि प्रचलित कानूनी व्यवस्थाका महत्वपूर्ण विषयहरुमा प्रकाश पारे।

एनआईएमबी एस क्यापिटल लिमिटेडका डीसीईओ श्री सचिन्द्र ढुंगानाले संस्थागत सुशासन, सार्वजनिक निष्काशन गर्न उपयुक्त समय, निष्कासन विधिहरु, पुँजी संरचना, मूल्य निर्धारण र समयरेखा जस्ता क्षेत्रहरुमा चर्चा गरे।

यसका अतिरिक्त इक्रा नेपालका प्रमुख राजिव महर्जनले कम्पनीको वित्तीय स्थितिले कसरी क्रेडिट रेटिङ र लगानीकर्ताको धारणामा प्रभाव पार्नेमा महत्वपूर्ण भूमिका खेल्दछ भन्ने बारेमा प्रस्तुत गरे।

यस पहलकदमीमार्फत एनआईएमबी एस क्यापिटल र पायोनियर ल एशोसिएट्स ले वित्तीय साक्षरता प्रवद्र्धन, संस्थागत सुशासनलाई मजबुद बनाउने र नेपाली व्यवसायहरुलाई सूचीकरणमा जानका लागि सहयोग पुर्याउने आफ्नो प्रतिवद्धता पुनः पुष्टि गरे।


प्रकाशित : आइतबार, भदौ १५ २०८२१८:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend